ग्लोबल मनी साप्ताहकाे अवसमा एसबिआई बैंक महेन्द्रनगर शाखाद्धारा वित्तिय साक्षरता कार्यक्रम

महेन्द्रनगर । ग्लोबल मनी साप्ताहकाे अवसमा एसबिआई बैंक महेन्द्रनगर शाखाद्धारा वित्तिय साक्षरता कार्यक्रम आयोजना गरिएको छ ।  नेपाल एसबिआई बैंकको महेन्द्रनगर शाखाले ग्लोबल मनी साप्ताहकाे
अवसरमा  दुई दिने वित्तिय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको हाे ।
बैंकले महेन्द्रनगरस्थित ब्रिक्सटन कलेजका विद्यार्थीलाई मंगलबार र बुधबार वित्तिय साक्षरता सम्बन्धि जानकारी दिने उद्देश्यसहित कार्यक्रम गरेको हो ।

बैंकका महेन्द्रनगर शाखा प्रवन्धक  किशोर रिजालले दुई दिने वित्तिय साक्षरता कार्यक्रममा पाँच सय बढी विद्यार्थीलाई अभिमुखिकरण गरिएको बताए । उनका अनुसार बैंकले सेवा प्रभावसँगै आम नागरिकलाई वित्तिय सारक्षरताको पहुँचमा ल्याउन उक्त कार्यक्रम गरिएको हो । उनका अनुसार वित्तिय सारक्षता कार्यक्रम अन्तरगत बैंक, बैंकिङ्ग सेवा, त्यसको पहुच र उपयोगिता लगायतका विषयमा विद्यार्थीलाई जानकारी दिईएको छ ।
कार्यक्रमको पहिलो दिन चैत ६ गते बैंकका शाखा प्रवन्धक रिजाल र कर्जा सहायक सुरज भट्टले वित्तिय साक्षरताबारे प्रस्तुति गरेका थिए ।

त्यस्तै दोस्रो दिन चैत ७ गते शाखा प्रवन्धक रिजाल, सञ्चालन अधिकृत उज्ज्वल ढाेढारी, कर्जा अधिकृत लक्ष्मी प्रशाद जोशी र कर्जा सहायक भट्टले कार्यक्रममा वित्तिय साक्षरता सम्बन्धि सहभागीलाई अभिमुखिकरण गराएका थिए । बैंककाे महेन्द्रनगर शाखाले नियमित रुपमा वित्तीय साक्षरता कार्यक्रम गर्दै आएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्