ग्लोबल मनी साप्ताह: एसबिआई बैंक महेन्द्रनगर शाखाद्धारा आदर्श विद्या निकेतनमा वित्तिय साक्षरता कार्यक्रम

महेन्द्रनगर । ग्लोबल मनी साप्ताहकाे अवसमा एसबिआई बैंक महेन्द्रनगर शाखाद्धारा वित्तिय साक्षरता कार्यक्रम आयोजना गरिएको छ ।  नेपाल एसबिआई बैंकको महेन्द्रनगर शाखाले ग्लोबल मनी साप्ताहकाे अवसरमा  एक दिने वित्तिय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको हाे ।बैंकले महेन्द्रनगरस्थित आदर्श विद्या निकेतनका विद्यार्थीलाई बिहिवार वित्तिय साक्षरता सम्बन्धि जानकारी दिने उद्देश्यसहित कार्यक्रम गरेको हो ।

बैंकका महेन्द्रनगर शाखा प्रवन्धक  किशोर रिजालले एक दिने वित्तिय साक्षरता कार्यक्रममा एक सय बढी विद्यार्थीलाई अभिमुखिकरण गरिएको बताए । उनका अनुसार बैंकले सेवा प्रभावसँगै आम नागरिकलाई वित्तिय सारक्षरताको पहुँचमा ल्याउन उक्त कार्यक्रम गरिएको हो । उनका अनुसार वित्तिय सारक्षता कार्यक्रम अन्तरगत बैंक, बैंकिङ्ग सेवा, त्यसको पहुच र उपयोगिता लगायतका विषयमा विद्यार्थीलाई जानकारी दिईएको छ ।

कार्यक्रममा बैंकका शाखा प्रवन्धक रिजाल, सञ्चालन अधिकृत उज्ज्वल ढाेढारी र कर्जा सहायक सुरज भट्टले वित्तिय साक्षरताबारे प्रस्तुति गरेका थिए । बैंकले मंगलबार  र बुधबार महेन्द्रनगर ब्रिक्सटन कलेजमा  वित्तीय साक्षरता कार्यक्रम गरेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्