सत्यवादी माविलाई नेपाल एस.बी.आई. बैकद्धारा दुई थान स्मार्ट टिभि हस्तान्तरण

महेन्द्रनगर । कञ्चनपुरस्थित नेपाल एसबिआई बैंकको महेन्द्रनगर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सामुदायिक विद्यालयलाई स्मार्ट टिभि हस्तान्तरण गरेको छ ।

मंगलबार भीमदत्त नगरपालिका ५ स्थित सत्यवादी माध्यमिक विद्यालयलाई बैंकले दुई थान स्मार्ट टिभि सहयोग गरेको हो । बैंकका शाखा प्रवन्धक किशोर रिजालले विद्यार्थीको पठनपाठनमा सहजता होस भनेर स्र्माट टिभि सहयोग गरिएको बताए । उनका अनुसार अनुसार बैकले सामाजिक उत्तरदायित्व अन्तरगत विद्यालयलाई टिभि सहयोग गरेको हो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश दयाल, प्रिन्सिपल सरेन्द्र सिंह साउद र बैंकका कर्जा सहायक सुरज भट्टलगायतको उपस्थिति रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्