१४ औं राष्ट्रपति रनिङ शिल्ड: कञ्चनपुरका ३ खेलाडीले दिलाए करातेमा पदक

सुरेश गिरी\महेन्द्रनगर । १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कञ्चनपुरका तीन खेलाडीले सुदूरपश्चिमलाई पदक दिलाएका छन् । प्रतियोगितामा सहभागी करातेका ३ जना खेलाडि मेडल प्राप्त गर्न सफल भएका हुन् ।

मेडल प्राप्त गर्नेमा आकाश सेजुवाल पुरुष –५७ के जी , सोनिया तिरूवा महिला–६० के जी तौल समुहमा स्वर्ण पदक जितेका छन् ।
भने आस्था लुहारले महिला–४५ के जी तौल समुहमा कास्य पदक हात पारिन् ।


कञ्चनपुरका कराते प्रशिक्षक बिरेन्द्र चन्दले १४औ राष्ट्रपति रनिङ शिल्डमा करातेमा कञ्चनपुरका तीन खेलाडीले मेडल ल्याउन सफल भएको बताए । उनले कराते खेलको विकासमा कम लगानी गरिएको उल्लेख गदैँ सरोकारवाला निकायको ध्यानाकर्षण गराए । खेल र खेलाडीमा लगानी गर्न सके रास्ट्रीय तथा अन्तराष्ट्रिय उपाधि हासिल गर्न सकिने उनको भनाई छ ।

समग्रमा खेलाडी प्रशिक्षण मा एकदमै खटिरहने सितोरियो कराते प्रशिक्षक बिरेन्द्र चन्द लागायत सिङ्गो जिल्ला खेल क्षेत्रहरु हर्शित भएका छन।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्