महाकाली पुल आयोजनाको काम अन्तिम चरणमा

महेन्द्रनगर । कञ्चनपुरस्थित महाकाली नदीमा निर्माणाधिन पुल आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भएको छ । ३ वर्षभित्र काम सक्ने गरी ०७४ भदौमा निर्माण सुरु भएको आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भईसकेको महाकाली पुल आयोजना कार्यलयले जनाएको छ ।

निर्माण कार्य पुरा भईसकेको मुख्य चार लेन पुलमा रङरोगनदेखि पहुँच मार्गको बाँकी खण्डमा कालोपत्रे भईरहेको महाकाली पुल आयोजनाका ईन्जिनियर कपिल प्रशाद पन्तले बताए । उनका अनुसार अहिले पुलको दुवैतर्फ निर्माणाधीन पोखरीको तटबन्ध निर्माण भइरहेको छ । कोरोना संक्रमणदेखि बजेट अभावलगायतका कारण निर्माण कार्यमा ढिलाई हुदैँ आयोजना पछिल्लो समय तिव्र गतिमा काम भईरहेको ईन्जिनियर पन्तको दावि छ । ‘पछिल्लो पटक थप गरिएको म्याद चैत १५ मा सकिएपछि फेरि ०८१ कात्तिकसम्मका लागि थप म्याद गरिएको छ ।’ ईन्जिनियर पन्तले भने ‘गत वर्षको भुक्तानी नहुदाँ करिब छ महिना आयोजनाको काम अवरुद्ध भयो, अहिले बक्यौता भुक्तानीपछि निर्माण पक्षले तिव्रताका साथ काम गरिरहेको छ ।’


पुलको दुवैतर्फ निर्माणाधीन पोखरीको तटबन्ध निर्माण भइरहेको छ । सुरुमा ठुलो ढुंगाको प्रयोग गरेर तटबन्ध निर्माण गर्ने डिजाइन बनाइएको थियो । तर ठुलो ढुंगा अभाव पनि परिवर्तन गरेर ग्याबिन जालीमा ढुंगा भर्ने र कंक्रिट ब्लकको प्रयोग गर्नेगरि डिजाईन परिवर्तन गरिएको छ । परिवर्तित डिजाईन विभागमा स्वीकृत हुने पक्रियामा रहेको आयोजनाले जनाएको छ । पुल आयोजनाका ईन्जिनियर पन्तका अनुसार ९५ प्रतिशत भौतिक प्रगती रहेको महाकाली आयोजनाको वित्तिय प्रगति ९० प्रतिशत रहेको छ ।

आयोजना निर्माणमा हालसम्म करिब ३ अर्ब रुपयाँ खर्च भईसकेको छ । चालु आर्थिक वर्षमा आयोजनाको बजेट १८ करोड विनियोजन भएकोमा पछिल्लो पटक थप १७ करोड रुपयाँ बजेट विनियोजन गरिएको उनले बताए । भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका जोडने गरि महाकाली नदीमा निर्माणाधीन चार लेनको ८ सय मिटर पुल निर्माणको काम सकिएकोमा हाल नदी नियन्त्रण, तटबन्ध निर्माण र ताल निर्माणको काम अघि बढेको छ ।

पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका ईन्जिनियर किशोर पाण्डेयले समयमै निर्माण कार्य सक्ने लक्ष्यका साथ आयोजनाको काम भईरहेको बताए । ३ अर्ब ६६ करोडमा ठेक्का सम्झौता भएको आयोजनाको म्याद आउँदो कार्तिकमा सकिदैँछ । आयोजनाको काम अन्तिम चरणतिर रहेको बताउँदै डिजाईन परिर्वतन अनुसारका काम बाँकी रहेको उनले बताए । साथै वर्षादको समयमा क्षती न्युनिकरणका लागि नदी नियन्त्रणका लागि गाईडबन्ड निर्माण, तटबन्ध निर्माणको काम भईरहेको ईन्जिनियर पाण्डेयको भनाई छ । सुख्खा बन्दरगाह, महाकाली करिडोर र महाकाली पुल आयोजनालाई विकासको महत्वपुर्ण आयामको रुपमा हेरिएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्