एसबिआई बैंककाे शिवनाथ शाखाद्धारा ग्राम प्रकाश बहुमुखीमा वित्तिय साक्षरता कार्यक्रम

महेन्द्रनगर ।  एसबिआई बैंक शिवनाथ शाखा बैतडीद्धारा वित्तिय साक्षरता कार्यक्रम आयोजना गरिएको छ ।  नेपाल एसबिआई बैंकको शिवनाथ शाखाले शिवनाथ गाउँपालिकास्थित ग्राम प्रकाश बहुमुखी क्याम्पसमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हाे ।

बैंकले शुक्रबार वित्तिय साक्षरता सम्बन्धि जानकारी दिने उद्देश्यसहित कार्यक्रम गरेको हो । बैंकका कार्य बाहक शाखा प्रवन्धक  सुरज भट्टले एक दिने वित्तिय साक्षरता कार्यक्रममा विद्यार्थीलाई अभिमुखिकरण गरिएको बताए । उनका अनुसार बैंकले सेवा प्रभावसँगै आम नागरिकलाई वित्तिय सारक्षरताको पहुँचमा ल्याउन उक्त कार्यक्रम गरिएको हो । उनका अनुसार वित्तिय सारक्षता कार्यक्रम अन्तरगत बैंक, बैंकिङ्ग सेवा, त्यसको पहुच र उपयोगिता लगायतका विषयमा विद्यार्थीलाई जानकारी दिईएको छ । कार्यक्रममा बैंकका शाखा प्रवन्धक चन्द्र झा, क्याम्पस प्रमुख महामल सिंह साउदलगायत शिक्षकहरुकाे सहभागीता रहेकाे थियाे ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्