महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकार नव नियुत्त मन्त्री हिरा सिंह सार्कीले जनताको पक्ष रहेको काम गर्ने बताएका छन् । मन्त्री नियुत्तीपछि गृह जिल्ला कञ्चनपुर पुगेका मन्त्री सार्कीले यस्तो प्रतिक्रिया दिएका हुन् । सोमबार साझ महेन्द्रनगरस्थित जननेता मदन भण्डारीको सालिकमा माल्यारोपण गदैँ उनले लामो सयमपछि प्रदेश सरकारले पुर्णता पाएकाले अब सरकार अगामी आर्थिक वर्षको बजेटमा केन्द्रीत हुने बताए । साथै विगतका सरकार भन्दा राम्रो र जनपक्षीय भएर काम गर्ने उनले प्रतिवद्धता जनाए ।
नेकपा एमालेबाट सामानुपातिक सांसद बनेका सार्कीले सोमबार बिनाविभागीय मन्त्री नियुक्त भएका हुन् । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सोमवार ५ जना बिनाविभागीय सहित ७ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला र माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका छन् । भने एमालेका बीरबहादुर थापा र हिरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल र लक्ष्मी बिक तथा एकीकृत समाजवादीका माया पन्तलाई बिनाविभागीय मन्त्री नियुक्त गरिएको छ । बिनाविभागीय मन्त्रीको जिम्मवारीपछि तोकिने बताईएको छ ।
यससँगै सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् मुख्यमन्त्रीसहित १० सदस्यीय भएको छ । यसअघि नागरिक उन्मुक्ति पार्टीका दुई जना मन्त्री छन् । भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापा यसअघि नै मन्त्री भएका हुन् ।