सांसद तामाङकाे निर्वाचन क्षेत्रमा १५ कराेड बजेट विनियोजन

महेन्द्रनगर । कञ्चनपुरकाे निर्वाचन क्षेत्र नम्बर १ मा अगामी आर्थिक वर्षका लागि झन्डै १५ कराेड बजेट विनियोजन भएकाे छ । यस क्षेत्रबाट निर्वाचित सांसद तारा लामा तामाङकाे पहलमा २२ याेजनाका लागि उत्त बजेट विनियोजन गरिएको हाे ।
जसमा १३ वटा याेजनालाई १/१ कराेड, तीन याेजनालाई ५०/५० लाख र तीन याेजनालाई १० लाख बजेट विनियोजन भएकाे छ । संघिय सहरि विकास मन्त्रालयबाट मात्रै उत्त बजेट विनियोजन भएको हाे । सडक निर्माण, स्तराेन्नति, ढल निकासा लगायतका याेजनमा बजेट विनियोजन भएको छ ।

सांसद तामाङकाे पहलमा उत्त याेजनाका लागि बजेट विनियोजन भएकाे दावि गरिएको छ । जसले जिल्लाकाे दक्षिणी क्षेत्रकाे विकास महत्त्वपूर्ण याेगदान पुरयाउने विश्वास लिईएकाे छ । स्थानीयले बजेट विनियोजन भएकाे सांसद तामाङलाई  धन्यवाद दिएका छन भने पुर्ण कार्यान्वयनका लागि पनि जाेड दिएका छन् । नेकपा एमालेका सांसद तामाङ माओवादी केन्द्रकि उम्मेदवार बिना मगरलाई पराजित गर्दै निर्वाचित भएका थिए । उनले निर्वाचन क्षेत्रकाे विकासका लागि सधैं प्रतिवद्द रहेको बताएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्