श्रीमान विदेशमा श्रीमती ४ वर्षीय छोरा छोडेर फरार

महेन्द्रनगर । पछिल्लो समय परदेशी श्रीमानलाई छोडेर श्रीमती अर्कै युवकसँग भागेका घटनाहरु बढ्दै गईरहेका छन् । त्यस्तै घटना दाुर्चलाको लेकममा पनि भएको छ ।
दार्चुलाको लेकम गाउँपालिका–४ टकनाकी २२ वर्षीय कलावती गिरी ४ वर्षीय छोरा छोडेर फरार भएकी छिन् । गत हप्ता उनी बैतडीका एक युवकसँग फरार भएको पिडित परिवारले जनाएको छ । दुई वर्ष देखि साउदी अरेबिया रहेको उनका श्रीमान राजेन्द्र गिरीले श्रीमती अर्कैसँग भागेको बताए । उनका अनुसार कलावतीले दुई तोला सुन र ५० हजार नगद लिएको गएकी फरार भएकी हुन् । उनी बैतडीका रमेश नाथसँग भागेर गएको उनको दावि छ ।
साथै उनले श्रीमती गिरीलाई सम्पर्कमा आउन आग्रह गरेको छन । श्रीमती भगाउने नाथ विरुद्ध प्रहरीमा उजुरी दिए पनि प्रहरीले लिन नमानेको उनको ओरोप छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्