वेदकोटको बेरुजू १ करोड ७७ लाख, असुल गर्नुपर्ने मात्रै १५ लाख

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकाले कानुनी पक्रिया पुरा नगरि १ करोड ७७ लाख ८६ हजार खर्च गरेको पाईएको छ । महालेखाको अन्तिम लेखापरिक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९।८० वेदकोटमा उक्त रकम बेरुजू देखिएको हो ।
लेखा परिक्षणका क्रममा २ करोड १० लाख ९८ हजार प्रारम्भीक बेरुजु देखिएको र सो उपर कारबाही भई ३३ लाख १२ हजार बेरुजु फ्छौट भएको छ । त्यस्तै महालेखाले १५ लाख १७ हजार बेरुजु अशुल उपर गर्नुपर्ने देखाएको छ । भने प्रमाण कागजात पेश गर्नुपर्नेमा १ करोड ५२ लाख ५२ हजार र नियमित गर्नुपर्नेमा नौ लाख १७ हजार बेरुजु देखाएको छ । महालेखाले नगरपालिका कार्यालयको आय व्ययतर्फ गरि एक अर्व ६० करोड ४९ लाख २७ हजारको लेखा परिक्षण गरेको जनाएको छ ।
महालेखाले प्रधानमन्त्री रोजगार कार्यक्रम, सेनीटरी प्याड खरिद, न्योनो झोला कार्यक्रम, लुघ उद्यम कार्यक्रम, औषधी खरिद तथा भण्डार लगायतका कार्यक्रममाथि प्रश्न उठाएको छ ।
साथै उपभोक्ता समितिबाट सम्पन्न गरिएका कार्यक्रम सार्वजनिक खरिद ऐन अनुसार गर्न र त्यसको गुणस्तरमा ध्यान दिन महालेखाले सुझाएको छ । त्यस्तै कोटेशनमार्फत सोझै खरिद खरिद गर्दा घटी प्रतिस्पर्धा न्युन देखिएकाले त्यसमा नियन्त्रण गर्न महालेखाले नगरपालिका कार्यालयलाई निर्देशन गरेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्