कञ्चनपुरका स्थानीय तहमा ३२ करोड बेरुजू, कुनमा कति ?

महेन्द्रनगर । कञ्चनपुरका नौ स्थानीय तहमा ३२ करोड २७ लाख २२ हजार बेरुजू देखिएको छ । महालेखाको अन्तिम लेखापरिक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९।८० जिल्लाका नौ पालिकामा उक्त रकम बेरुजू देखिएको हो । सार्वजनिक खरिद ऐन तथा नियम संगत खर्च नभएको रकमलाई बेरुजूको रुपमा राख्ने गरिन्छ । सात नगरपालिका र दुई गाउँपालिका रहेको कञ्चनपुरमा तीन करोड दुई लाख ४९ हजार असुल गर्नेपर्ने बेरुजू देखिएको छ भने ११ करोड ७५ लाख ४० हजार नियमित गर्नुपर्ने बेरुजू रहेको छ । त्यस्तै १२ करोड ८१ लाख छ हजार रुपयाँ प्रमाण तथा कागजात पेश गर्नुपर्ने बेरुजू रहेको महालेखाको प्रतिवेदनममा उल्लेख छ ।
जिल्लामा सबै भन्दा बढी भीमदत्त नगरपालिकाको बेरुजू देखिएको छ । भीमदत्त नगरपालिकाले कानुनी पक्रिया पुरा नगरि १० करोड ७० लाख ५९ हजार रुपयाँ खर्च गरेको पाईएको छ । महालेखाको प्रतिवेदनमा ५ करोड ८२ लाख ८१ हजार नियमति गर्नु पर्ने बेरुजुमा देखिएको छ । भने प्रमाण कागजात पेश गर्नुपर्ने ४ करोड ३४ लाख ३९ हजार बेरुजू रहेको छ । त्यस्तै असुल गर्नुपर्नेमा ५२ लाख ३६ हजार रुपयाँ बेरुजू रहेको महालेखाले उल्लेख गरेको छ ।
त्यस्तै वेदकोट नगरपालिकाको बेरुजू १ करोड ७७ लाख ८६ हजार रहेको छ । जसमा महालेखाले १५ लाख १७ हजार बेरुजु असुल गर्नुपर्ने देखाएको छ । भने प्रमाण कागजात पेश गर्नुपर्नेमा १ करोड ५२ लाख ५२ हजार र नियमित गर्नुपर्नेमा ९ लाख १७ हजार बेरुजू देखाएको छ । महालेखाले नगरपालिका कार्यालयको आय व्ययतर्फ गरि एक अर्व ६० करोड ४९ लाख २७ हजारको लेखा परिक्षण गरेको जनाएको छ ।
त्यस्तै शुक्लाफाँटा नगरपालिकाको १ करोड ३३ लाख ५२ हजार बेरुजू रहेकोमा असुल गर्नुपर्ने ७४ लाख ६० हजार, नियमित गर्नुपर्ने ३६ लाख २१ र २२ लाख ७१ हजार प्रमाण तथा कागजात पु¥याउनु पर्ने बेरुजू रहेको छ ।
कृष्णपुर नरगपालिकाको बेरुजू ४ करोड ४६ लाख ८९ हजार रहेको छ । जसमा असुल गर्नेपर्ने १० लाख ९६ हजार, कागजात अपुग ५६ लाख ३२ हजार र नियमित गर्नेपर्ने ३ करोड ९० हजार बेरुजू रहेको छ । भने पुनर्वास नगरपालिकाकोको बेरुजू १ करोड ४८ लाख ६६ हजार रहेको छ । जसमा असुल गर्ने पर्ने ८ लाख २१ हजार, प्रमाण कागजात अपुग ३४ लाख ५० हजार र नियमित गर्नुपर्ने २३ लाख ९५ हजार बेरुजू रहेको महालेखाले जनाएको छ ।
त्यस्तै बेलौरी नगरपालिकामको बेरुजू ४ करोड १६ लाख ७५ हजार रहेको छ । जसमा असुल गर्नेपर्ने ३० लाख ४४ हजार, कागजात अपुग २ करोड १ लाख १८ हजार र नियमित गर्नुपर्ने २२ लाख ६ हजार बेरुजू सामेल छ ।
त्यस्तै दोधरा चाँदनी नगरपालिकाको बेरुजू जिल्लामा सबैभन्दा बम दखिएको छ । १ करोड २० लाख २९ हजार बेरुजू रहेको दोधरा चाँदनीको असुल गर्नुपर्ने ६४ लाख ४ हजार, कागजात अपुगमा २७ लाख ८८ हजार र नियमिति गर्नुपर्नेमा ५ लाख १४ हजार बेरुजू रहेको छ । महालेखाको प्रतिवेदन अनुसार लालझाडी गाउँपालिकाको बेरुजू पनि अत्यधिक देखिएको छ । अघिल्लो आर्थिक वर्षमा लालझाडीको बेरुजू ४ करोड ४३ लाख ७५ हजार रहेको छ । जसमा असुल गर्नुपर्ने १८ लाख ६० हजार, कागजात तथा प्रमाण पेश गर्नुपर्ने २ करोड ९० लाख ४७ हजार र नियमित गर्नुपर्नेमा ११ लाख ७९ हजार बेरुजू रहेको महालेखा उल्लेख गरेको छ ।
त्यस्तै बेलडाँडी गाउँपालिकाको बेरुजू २ करोड ६८ लाख ९१ हजार देखिएको महालेखाले जनाएको छ । जस अन्तरगत असुल गर्नुपर्ने २८ लाख ११ हजार, प्रमाण पेश गर्नुपर्ने ६१ लाख ९ हजार र नियमित गर्नुपर्ने १३ लाख २७ हजार बेरुजू रहेको छ ।
महालेखाको प्रतिवेदनले स्थानीय तहले सञ्चालन गरेका प्रधानमन्त्री रोजगार कार्यक्रम, सेनीटरी प्याड खरिद, न्योनो झोला कार्यक्रम, लुघ उद्यम कार्यक्रम, औषधी खरिद तथा भण्डारण लगायतका कार्यक्रममाथि प्रश्न उठाएको छ ।
साथै उपभोक्ता समितिबाट सम्पन्न गरिएका कार्यक्रम सार्वजनिक खरिद ऐन अनुसार गर्न र त्यसको गुणस्तरमा ध्यान दिन महालेखाले सुझाएको छ । त्यस्तै कोटेशनमार्फत सोझै खरिद खरिद गर्दा घटी प्रतिस्पर्धा न्युन देखिएकाले त्यसमा नियन्त्रण गर्न महालेखाले स्थानीय तहहरुलाई निर्देशन दिएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्