सरकारकै निकायबिच समन्वय आवश्यक छः डा. दिपक प्रकाश भट्ट
महेन्द्रनगर । कञ्चनपुरको दोधरा–चाँदनीमा निर्माण गरिन लागेको सुख्खा बन्दरगाहको वातावरणीय व्यवस्थान योजना पुनः बन्न लागेको छ । प्रधानमन्त्री पुष्पकमल दहालको पछिल्लो भारत भ्रमणमा सुख्खा बन्दरगाह भारतले निर्माण गरिदिने सम्झौतापछि पुनः वातावरणीय व्यवस्थापन योजना बन्न लागेको हो ।
अहिले पहिलो र दोस्रो चरणमा काम हुने ४२.३५ हेक्टर क्षेत्रफलको वातावरणीय व्यवस्थापन योजना तयार गरिदैँ छ । नेपाल ईन्टरमोडेल यातायात विकास समितिले स्थलगत निरिक्षण गरि योजनाबारे काम अघि बढाएको छ । विकास समितिका ईन्जिनियर अनिश केसीले पहिलो चरणमा सुख्खा बन्दरगाह निर्माण क्षेत्रको साईट क्लियर गर्नुपर्ने भएकोले त्यस क्षेत्रमा पर्ने रुखहरु एकिन गर्न लागिएको बताए । उनका अनुसार वन र नापी विभागसँगको समन्वयमा वातावरणीय व्यवस्थापन योजनाबारेको काम गरिनेछ ।
भारतले निर्माण दिने भनिएको सुख्खा बन्दरगाहको पहिलो चरणमा २५.०३ हेक्टर क्षेत्रफलमा एकिकृत जाँच चौकी सहित आवश्यक पुर्वाधार निर्माण हुनेछन् । दोस्रो चरणमा १७.३३ हेक्टर क्षेत्रफलमा विस्तार गरिने सुख्खा बन्दरगाहको काम भने नेपालले नै गर्नेछ ।
२०८० सालमा नेपालले बन्दरगाह निर्माण गर्नेगरि ६३ हेक्टर क्षेत्रफलको गुरु योजना तयार गरि ईआईए समेत स्वीकृत भईसकेको थियो । उक्त योजना अन्तरगत बन्दरगाह निर्माण क्षेत्रमा एक हजार नौ सय ८९ रुख काटन गर्नुपर्ने देखिएको थियो । पछिल्लो समय प्रधानमन्त्रीको भारत भ्रमणपछि सुख्खाबन्दरगाहको निर्माण भारतले नै गरि दिने भएपछि पुनः वातावरणीय व्यवस्थापन योजना बनाउन थालिएको हो । भारतीय कल्सन्टेन्ट आरआईटीईएसले सुख्खा बन्दरगाहको डिपिआर तयार गरेको छ । विकास समितिका ईन्जिनियर केसीले असार भित्रमा वातावरणीय व्यवस्थापन योजनाको काम सक्ने लक्ष्य रहेको बताए ।
सुख्खा बन्दरगाहको काममा एक वर्ष ढिलाई
सुख्खा बन्दरगाहको काममा एक वर्ष ढिलाई भएको छ । चालु आर्थिक वर्षको बजेटसँगै बन्दरगाह निर्माणमा मुख्य जिम्मेवारी प्राप्त निकाय नेपाल ईन्टरमोडेल यातायात विकास समिति नै खारेजीमा परेपछि ढिलाई भएको हो । अर्थमन्त्रालयले समितिलाई नै खारेज गर्ने प्रस्ताव गरेपछि समिति सिथिल बनेको र्ईन्जिनियर केसीले बताए ।
उनका अनुसार विकास समिति खारेजीको विरोध भएपछि समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड अन्तरगत गाभ्ने निणर्य गरिए पनि बन्दरगाहको कामले गति लिन सकेन । अगामी आर्थिक वर्षबाट पुनः समितिले पुर्ववत् अवस्थामा स्वयत्तता पाएपछि सुख्खा बन्दरगाह निर्माणको काम अघि बढेको हो ।
बन्दरगाहको काममा तिव्रता दिन सरकारकै निकायबिच समन्वय आवश्यक छः निवर्तमान सांसद भट्ट
सुख्खा बन्दरगाह निर्माण कार्यलाई तिव्रता दिन सरकारकै निकायबिच अन्तर समन्वय नहदाँ योजनाको काम प्रभावित हुने गरेको छ । कञ्चनपुरको निर्वाचन क्षेत्र नं. ३ का निवर्तमान सांसद तथा सुख्खा बन्दरगाहबारेका जानकार डा. दिपक प्रकाश भट्टले सरकारकै निकायबिचको समन्वय बढाउनु पर्ने बताए । उनले अनुसार सुख्खा बन्दरगाह निर्माणलाई तिव्रता दिन नेपाल सरकारको वन, निकुञ्ज, नापी विभाग र उद्योग वाणिज्य तथा अपुर्ती मन्त्रालयबिच आपसि समन्वय राम्रो हुनुपर्ने बताए ।
चाुल आर्थिक वर्षमा नेपाल ईन्टरमोडेल यातायात विकास समितिको खारेजीले सुख्खाबन्दरगाहको काममा सुस्तता आएको बताए । निवर्तमान सांसद भट्टले विकास समितिको टोलि सरकार निकायबिच समन्वय बढाउन आवश्यक पहल गरिरहेका छन् ।