महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेका महिला सशक्तीकरण केन्द्रका महिलालाई विपद् पुर्व तयारीबारे जानकारी दिईएको छ । भीमदत्त नगरपालिका–९ का १० वटा सशक्तीकरण केन्द्रका महिलाहरुलाई विपद् पुर्व तयारीबारे जानकारी दिईएको हो । बिहिबार निड्स नेपालद्धारा सञ्चालित आप्रवासी परिवारका लागि आर्थिक उन्थानशिल परियोजनाले सरोकारवालासँगको लवि बैठकमार्फत उक्त जानकारी गराएको हो ।

बैठकमा सशक्तीकरण केन्द्रका महिलालाई विपद पुर्व तयारी, विपदमा महिलामैत्री सेवासँगै वडा र पालिकाले गरिरहेको विपद प्रतिकार्यको तयारी अभ्यासबारे जानकारी दिईएको हो ।अक्सफाम र कोईकासँगको साझेदारीमा सञ्चालित परियाजनाले विपन्न समुदायका महिलाको जीवनस्तर सुधार, आर्थिक उत्थान र सशक्तीकरणका सवालमा काम गदैँ आईरहेको छ । निड्स नेपालकी परियोजना संयोजक अनिला चौधरीले विपन्न समुदायका महिलाहरुको आर्थिक तथा सामाजिक उत्थानका लागि परियोजना सञ्चालन गरिएको बताए । साथै परियोजनाले विपद् तथा आपतकालिन अवस्थाको पुर्व तयारी र विपद्का संकेतबारे सशक्तीकरण केन्द्रमार्फत महिलालाई जाग्रीत गर्ने काम भईरहेको बताईन् ।

कार्यक्रम बोल्दै भीमकुण्ड महिला सशक्तीकरण केन्द्रकी सहजकर्ता हरिना ठकुराठीले परियोजनाले स्थानीयको जीवनशैली र सामाजिक व्यवहारमा परिवर्तन ल्याएको बताईन् । उनका अनुसार आफ्नो परिचय समेत दिन नसक्ने महिलामा अहिले समुहमा खुलेर कुरा राख्न सक्ने क्षमताको विकास भएको छ । साथै विपदको पुर्व तयारी र विपदका संकेतबारे पनि आफुहरु जानकार रहेको रहेको र त्यसमा परियोजनाले महत्वपुर्ण सहयोग गरेको उनको भनाई छ ।
त्यस्तै उन्नती महिला सशक्तीकरण केन्द्रकी सहजकर्ता पुष्पा मडैले पनि परियोजनाले समुदायका महिलाहरुको क्षमता विकासमा सहयोग पुगेको बताईन् । उनका अनुसार परियोजनाबाट महिलाहरु साक्षर बनेका छन भने महिला तथा घरेलु हिसां, बाल बिवाह लगायतका विभेद विरुद्ध आवाज उठाउ सक्ने भएका छन् । साथै परियोजनामार्फत सशक्तीकरण केन्द्रका महिलाहरुलाई विपद्को समयमा वडा तथा नगरपालिकाबाट सेवा लिने पक्रियाको बारेमा समेत जानकारी दिईएको छ ।
कार्यक्रममा भीमदत्त नगरपालिकाका विपद् फोकल पर्सन मनोज भट्टले पालिकाले विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना अद्यावधिक गर्न लागेको बताए । त्यस्तै भीमदत्त–९ को वडाध्यक्ष गगन सिंह कार्कीले स्थानीयको आर्थिक सामाजिक उत्थानमा परियोजनाले महत्वपुर्ण सहयोग पु¥याएको बताए । साथै उनले विपद पुर्व तयारी र प्रतिकार्यमा सरकारी निजी साझेदारी आवश्यक रहेको बताए ।