सुदूरपश्चिममा सडक किनार, चुरे र ताल क्षेत्रको अतिक्रमण हटाउने निर्णय

महेन्द्रनगर । सुदूरपश्चिम वन निर्देशनालय धनगढीको आयोजनामा भएको सरोकारवालाको समन्वय बैठकले सडक किनार, चुरे र ताल तलैयाको अतिक्रमण हटाउने निर्णय गरेको छ । बिहिबार महेन्द्रनगरमा निर्देशनालयले आयोजना गरेको गोष्ठीले आगामी आर्थिक वर्षबाट सडक किनार, चुरे र ताल–तलैयाको अतिक्रमणलाई प्राथमिकताका साथ हटाउने निर्णय गरेको हो ।
सुदूरपश्चिमका वन निर्देशक हेमराज विष्टले सरोकारवालासँगको बैठकले प्राथमिकताका साथ वन अतिक्रण हटाउने निर्णय गरेको बताए । उनका अनुसार निर्देशनालयले कञ्चनपुरसँगै धनगढी र डडेल्धुरामा समन्वय बैठक आयोजना गरि वन अतिक्रमण हटाउन आवश्यक छलफल गरेको हो ।


जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका वन वातावरण तथा सहकारीमन्त्री बीर बहादुर थापा ‘पातल’को प्रमुख आतिथ्यता रहेको थियो ।

मन्त्री थापाले योजनावद्ध तरिकाले वन अतिक्रमण हटाउनुपर्ने बताए । उनले तत्काल भईरहेको अतिक्रमणलाई तत्काल रोक्ने र हटाउने साथै लामो समयदेखि भईरहेको अतिक्रमणका लागि योजनावद्ध तरिकाले जानुपर्ने बताए । उनले अतिपय अतिक्रमण आरक्ष पिडित, सुकुम्बासी, प्राकृतिक विपत्तिको कारणबाट पनि भएकाले त्यसको उचित व्यवस्थापनसहित वन अतिक्रमण हटाउनुपर्ने उनको सुझाव छ ।

त्यस्तै सुदूरपश्चिमका प्रदेश वन सचिव प्रमोद भट्टराईले कानुनको स्पष्टता र त्यसको पुर्ण कार्यान्वयन हुनेपर्नेमा जोड दिए । बैठकमा नेपालसँगै सुदूरपश्चिम र कञ्चनपुरको वन अतिक्रमणको अवस्थाबारे जानकारी गराईएको थियो । कार्यक्रममा वनसँग आवद्ध विभिन्न क्षेत्रका प्रतिनिधि र राजनितिक दलका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । बैठकमा नेकपा एमालेकी जिल्ला कमिटि अध्यक्ष लक्ष्मी बुढाले सरकारले तत्काल सुकुम्बासी, आरक्ष पिडितहरुको व्यवस्थापन गरेर वन अतिक्रमण हटाउनुपर्ने बताईन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्