महेन्द्रनगर । नेपालकै हालसम्मको उच्च वर्षा मापन भएको कञ्चनपुरमा बाढीले जनजीवन प्रभावित बनेको छ । बाढी र डुबानका कारण पिडित अझै घर फर्किन सकेको छैनन् । सोही अवस्थालाई मध्यनजर गदैँ नेकपा एमाले भीमदत्त नगर कमिटिले सरकारको ध्यानार्कषण गराएको छ ।
मंगलबार भीमदत्त नगर कमिटि अध्यक्ष हिमाल बहादुर चन्दले विपद् पुर्व तयारी सुचनालाई प्रभावकारी बनाउन र बाढी पिडितलाई तत्काल व्यवस्थापन तथा राहत उपलब्ध गराउन माग गरेका छन् । उनले स्थानीय तहले विपद् प्रतिकार्य योजना बनाई लागु गर्नुपर्ने नीतिगत व्यवस्था भएपनि त्यसमा स्थानीय सरकार चुकेको बताए । साथै विपद्को समय सुरु भएकाले स्थानीय तहले विपद् पुर्व तयारी, खोज उद्धार तथा राहातको व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सरकारलाई एमालेले नगर कमिटिले सचेत गराएको छ । कञ्चनपुरमा बाढीका कारण सयौँ घरदुरी विस्थापीत भएका छन् ।
यस्तो छ नगर कमिटि अध्यक्ष चन्दद्धारा जारी विज्ञप्ती