क्षतिपुर्ती र पुन:स्थापनाको पर्खाईमा भीमदत्तका बाढी पिडित

एमाले नेता र पुर्व जनप्रतिनिधिले गरे राहत तथा क्षतिपुर्तीका लागि पहल गर्ने प्रतिवद्धता

महेन्द्रनगर । भीमदत्त नगरपालिका–१८ की देवि सिलाल औजीको गत असार १६ गते रातीको आएको बाढीले घर भत्कायो । खरको टहराको अस्थीय घर बाढीले भत्काउदा उनी बिचल्लीमा परेकी छिन् । छिमेकीको साहार लिई बसिरहेकी उनको औजीको पुनरस्थापना हुन सकेको छैन् ।

नेपालकै हालसम्मको उच्च वर्षा मापन भएको कञ्चनपुरमा हजारौँ नागरिक बाढी प्रभावित बनेका छन् । दुई सातासम्म पनि अधिकांश बाढी पिडितको पुनरस्थापना हुन सकेको छैन् । भीमदत्त नगरपालिका–१८ उराउ बस्तीका हितलाल उराउको घरमा बाढीले पुर्ण रुपमा क्षती पुगेको छ । बाढीले घर भत्काउनुका साथै दुई बंगुर, १० कुखुरा र भाडाकुडा बगाएको उनले बताए । उराउ बस्तीका अधिकांश कच्ची घरमा बसोबार गदैँ आएका स्थानीय विस्थापीत भएका छन् ।

स्थानीय फुलमाया उराउले बाढी पिडित लाई तत्काल राहत दिन र ढल निकाससहितको सडक निर्माण गरिनुपर्ने बताईन् । साथै उनले सरकारको बाढी पिडितको समस्यामा ध्यान नदिएकको गुनासो गरिन् । सोमबार भीमदत्त नगरपालिकाका पुर्व जनप्रतिनिधि सहितको टोलीले बाढी पिडितसँग घरदैलो भेटघाट गरेको छ । स्थलगत रुपमै बाढी पिडितलाई भेटेर राहत क्षतीपुर्तीका लागि पहल गर्ने नेताहरु प्रतिवद्धता जनाएका छन् ।


भीमदत्त नगरपालिकाका निवर्तमान नगर प्रमुख सुरेन्द्र विष्ट, निवर्तमान प्रवत्ता हिमाल बहादुर चन्द, वडाध्यक्ष रविन्द्र देवकोटा लगायतको सहभागीता रहेको थियो । त्यस्तै स्थलगत अनुगमनमा नेकपा एमालेले केन्द्रीय लेखा आयोग सदस्य ईश्वरी प्रसाद खरेल, नेकपा एमालेका प्रदेश कमिटि उप सचिव नर बहादुर विश्वकर्मा, कञ्चनपुर पार्टी उपाध्यक्ष जनकराज अवस्थी लगायतका नेताहरुको सहभागीता रहेको थियो ।


निवर्तमान नगर प्रमुख विष्टले बाढी पिडितको अवस्था बुझेर सरकारसँग आवश्यक राहत तथा क्षतीपुर्तीका लागि पहल गरिने बताए । उनले नागरिकको सुखदुखमा आफु र पार्टीसँगै रहेको बताउँदै उनले बाढी पिडितको पुनरस्थापना र राहतका लागि सरकारसँग माग गरेका छन् ।

त्यस्तै एमाले नगर कमिटि अध्यक्ष हिमाल बहादुर चन्दले एमालेले बाढी पिडितका तथ्याङ्क संकलन गरि पालिका र प्रशासनलाई बुझाउने तयारी रहेको बताए । साथै पुर्व जनप्रतिनिधि र एमाले नेताहरुलाई । भीमदत्त नगरपालिका–१३ का बाढी पितिडहरुश्रलाई पनि भेटेका छन् । बाढी प्रभावितहरुको पुनरस्थापनाका लागि पार्टी संयमसेवक खटाएर काम गर्ने एमालेले जनाएको छ । साथै एमालेले विपद्को समय सक्रिय रहेकोले त्यसको पुर्व तयारी र राहत उद्धारका लागि तयार रहन नेता कार्यकताएलाई निर्देशन समेत दिएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्