महेन्द्रनगर । कञ्चनपुरकाे लालझाडी गाउपालिकामा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिएकाे छ । केन्द्रले विभिन्न प्रकोपको जोखिममा रहेको र वाढीको जोखिममा रहेकाे क्षेत्रमा सुचना प्रवाहमा जाेड दिनेछ । समुदायमा बाढीसँगै विपद्काे पुर्व सुचना दिई प्रकोप न्युनीकरण गर्नका लागी केन्द्रले कार्य सञ्चालन गर्नेछ । निड्स नेपाल र मर्सिकोर नेपाल सगंको साझेदारीमा संचालित एमरेड परियोजनाले लालझाडी गाउपालिकाको समन्वयमा स्थानीय आपतकालीन कार्य संचालन केन्द्र संचालनमा ल्याएको हाे ।
आपतकालीन कार्य संचालन केन्द्र संचालन गर्न एमरेड कार्यक्रमले कम्युटर प्रिन्टर सहितका सामाग्री लालझाडी गाउपालिकालाई हस्तान्तरण समेत गरेकाे छ ।
साेमबार पालिका अध्यक्ष निर्मल राना , उपाध्यक्ष सपना चौधरी , प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की तथा वडा अध्यक्ष र विपद फोकल व्यक्ति सहितको उपस्थितीमा करिव १, ४२, ००० हजारको सामग्रीहरु हस्तान्तरण गरिएकाेएकाे हाे ।