महेन्द्रनगर २ साउन ।
नेपाल एसबीआई बैंक पहिलो पटक सरकारी राजस्व संकलनमा जोडिएको छ । नेपालको पश्चिममी नाका गड्डाचौकीमा विस्तारित शाखा सञ्चालनमा ल्याएसँगै बैंक सरकारी राजस्व संकलनमा जोडिएको हो । बुधबार कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विधिवत रुपमा विस्तारित शाखाको उद्धघाटन गरिएको छ ।
कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजन बाबु काफ्ले र नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ) दिपक कुमार डेले संयुत्त रुपमा विस्तारित शाखाको उद्धघाटन गरे । विस्तारित शाखाको उद्धघाटन गदैँ भन्सार प्रमुख काफ्लेले विस्तारित शाखा स्थापनापछि भन्सार संकलनमा सेवाग्राहीलाई सहज हुने बताए । साथै उनले बैंकको प्रविधिमैत्री सेवासँगै यस क्षेत्रको आर्थिक विकासमा पनि बैंकले सहयोग पुग्ने बताए ।
त्यस्तै बैंकका सिईओ डेले एसबिआई बैंक पहिलो पटक सरकारी राजस्व संकलनमा जोडिएको बताए । उनका अनुसार विस्तारित काउन्टरसहित एक सय ३० शाखा रहेको बैंक पहिलो पटक सरकारी राजस्व संकलन सेवा सुरु गरेको हो । एसबिआईले विश्वका ३० वटा देशमा ५० करोड सेवाग्राहीलाई सेवा दिईरहेको उनको दावि छ । साथै दोधराचाँदनीमा बन्न लागेको सुख्खाबन्दर गाहसहितको एकिकृत जाँच चौकीले यस क्षेत्रको आर्थिक गतिविधि बढाउने उनको विश्वास छ । त्यस्तै बैंकले सुरक्षीत अनलाईन बैंकीङ सेवा समेत दिईरहेको उनले दावि गरे ।
बैंकका महेन्द्रनगर शाखा प्रमुख किशोर रिजालले विस्तारित काउन्टरबाट सेवाग्राहीलाई प्रभावकारी सेवा दिईने बताए । हाल महेन्द्रनगर शाखाबाट ३० हजार सेवाग्राहीलाई सेवा दिईरहेको छ । विस्तारित शाखा समुद्धघाटन कार्यक्रममा बैंकका निमित्त सिईओ तथा वित्त प्रमुख राजेश कुमार पाण्डा, प्रमुख आपरेटिङ अधिकृत यादभन्द्रर कान्त, व्यवसाय विकास प्रमुख रितेश आर्याल र बैंकका सुदूरपश्चिम क्षेत्रिय प्रमुख सन्तोष कुमार भण्डारी लगायतको सहभागीता रहेको थियो ।