अनेम संघ कञ्चनपुरद्धारा निर्मलाका हत्यारा पत्ता लगाउन गृहमन्त्री लेखकलाई ज्ञापन पत्र


महेन्द्रनगर । नेकपा एमाले निकट अखिल नेपाल महिला (अनेम) संघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गरेको छ । बिहिबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र पठाउँदै अनेम संघले यस्तो माग गरेको हो ।
प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत उद्धव सिह कार्कीलाई ज्ञापन पत्र बुझाउँदै गृहमन्त्री लेखकलाई ज्ञापन पत्र पठाएको अखिल नेपाल महिला संघले कञ्चनपुरकी अध्यक्ष चिनि गिरीले बताईन् । उनका अनुसार ६ बर्ष वितिसक्दा पनि निर्मलाका हत्यारा पत्ता नलाग्नु दुखत विषय भएकाले तत्काल दोसि पत्ता लगाएर कारर्वाही अघि बढउन संघले गृहमन्त्री समक्ष माग गरेको छ ।

अखिल नेपाल महिला संघ कञ्चनपुरकी अध्यक्ष चिनी गिरीद्धारा हस्ताक्षर गरेको ज्ञापन पत्रमा प्रहरीले गर्ने अनुसन्धानमा राजनीति गर्ने खालका कृयाकलाप र दवावका कारण प्रहरीले दोषि समान्न नसकेको गृहमन्त्रीलाई अवगत भएको विषय उल्लेख गरिएको छ । गृहमन्त्रीकै नगर जिल्लाको जघन्य घटना भएकाले निर्मलाका हत्यारा पत्ता लाग्नेदेखि कार्बाही हुने विश्वास व्यक्त गरिएको छ ।
ज्ञापन पत्रमा गृहमन्त्री रमेश लेखकलाई आफ्नै निर्वाचन क्षेत्र, गृह नगर जिल्लामा भएको यस्तो अपराधमा नजरअन्दाज नगरे महिला संघले आन्दोलन गर्ने चेतावनी दिईएको छ ।
वि.सं.२०७५ श्रावण १० गते साथीको घरबाट हराएकी बालिका पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो ।

यस्तो छ ज्ञापनपत्र ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्