खोकाछाप्रा व्यवसायी र सालघारीका मजदुरको उचित व्यवस्थापन गर्न एमाले कञ्चनपुरको माग

महेन्द्रनगर । नेकपा एमालेले महेन्द्रनगरस्थित पुरानो बसपार्कस्थित खोकाछाप्रा व्यवसायी र सालघाडीका मजदुर परिवारको उचित व्यवस्थापन गर्न माग गरेको छ । सोमबार पार्टी अध्यक्ष लक्ष्मी बुढाले प्रेस विज्ञप्ती जारी गदैँ यस्तो माग गरेकी हुन् ।
एमालेले पछिल्लो समय जिल्ला प्रसाशन कार्यालयको अगुवाईमा भईरहेको अवैध अतिक्रमण हटाउने कार्यमा प्रतिवता जनाउँदै नगर विकासले ठाउँ उपलब्ध गराएका खोकाछाप्रा व्यवसायी र मजदुर बस्तीको उचित व्यवस्थापन हुनुपर्ने जनाएको छ ।
भीमदत्त नगरपालिका–४ स्थित पुरानो बसपार्क क्षेत्रमा १०*१० को ठाउँ उपलब्ध गराईएको र भीमदत्त–१८ सालघारीमा रहेका मजदुरको उचित व्यवस्थापनतर्फ ध्यान दिन एमालेले अनुरोध गरेको छ ।
प्रेस विज्ञप्तीमा भनिएको छ “प्रमुख जिल्ला अधिकारीको समन्वयमा बसेको बैठकले खोका छाप्रा तथा सालघारीका सम्बन्धमा सबै सरोकारवाला र राजनीतिक दलको बैठक बसी थप छलफल गरि सहमती गर्ने भएता पनि भीमदत्त नगर विकास समितिले २०८१ श्रावण ०२ गतेको बैठकको निणर्यको हवला दिदैँ मिति २०८१ श्रावण ११ गते विभिन्न पत्रपत्रिकाहरुमा पुरानो बसपार्क क्षेत्रमा रहेका खोकाछाप्रालाई १५ दिन भित्रमा खालि गराउन भनि सार्वजनिक गरिएको सूचना प्रति हाम्रो पार्टीको गम्भीर ध्यानार्कषण भएको छ ।”
त्यस्तै लामो समयदेखि व्यवसाय गदैँ आएका ठेला व्यवसायी तथा सालघारीमा रहेको मजदुर बस्तीको उचित व्यवस्थापन नगरि हचुवाको भरमा डोजर लगाई संरचना भत्काउने कार्य तत्काल रोक्न पनि एमालेले माग गरेको छ ।

प्रेस विज्ञप्ती

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्