महेन्द्रनगरमा ट्रयाक्टरको ठक्करले सुखासालकी भट्टको मृत्यु

महेन्द्रनगर । पूर्व पश्चिम राजमार्गको भासी खण्डमा मंगलबार विहान ट्रयाक्टरको ठक्करले एक महिलाको मृत्यु भएको छ । ब्रह्मदेब सडक नजिक राजमार्गमा ट्रयाक्टरको ठक्करले भीमदत्त नगरपालिका, सुखासालकी ३५ वर्षिय पार्वती भट्टको मृत्यु भएको हो ।

विहान करिब ७ः३० बजे पूुर्वबाट पश्चिम तर्फ जाँदै गरेको म १ त १०१७ नम्बरको ट्याक्टरले बाटो क्रस गर्ने क्रममा भट्टलाई ठक्कर दिएको हो । ट्रयाक्टरको ठक्करबाट भट्ट गम्भीर घाइते भएकी थिइन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भट्टको उपचारको क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी दिएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्