मेगा सहकारीको ११ औँ वार्षिक साधारण सभाः १ करोड ३१ लाख नाफा, ७१ करोड नाध्यो सम्पत्ति

महेन्द्रनगर । कञ्चनपुरस्थित मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औँ वार्षिक साधारण सभा सभा सम्पन्न भएको छ । शुक्रबार सहकारीले महेन्द्रनगरमाा संस्थाको ११ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

साधारण सभामा सहकारीका अध्यक्ष रधुनाथ ओझाले सञ्चालक समितिका एजेण्डाहरु प्रस्तुत गर्नुका साथै वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले २०७१ सालमा २५ जना शेयर सदस्यबाट स्थापना गरिएको सहकारीमा हाल १८ हजार बढी शेयर सदस्य रहेको बताए । हाल सहकारीको शेयर पुजी पाँच करोड ७४ लाख ९४ हजार हजार रहेको छ । जसमा गत वर्ष मात्रै १८ प्रतिशतले वृद्धि भएको हो । त्यस्तै बचत संकलन ३६ करोड ४६ लाख १९ हजार रहेको छ ।  भने शेयर सदस्य कर्जा ५७ करोड २५ लाख पाँच हजार पुगेको छ ।

त्यस्तै सहकारीको खुद नाफा एक करोड ३१ लाख २२ हजार  रहेको छ । भने संस्थाको कुल सम्पत्ति आठ प्रतिशतले वृद्धि भई ७१ करोड पाँच लाख ४३ हजार पुगेको सहकारीको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

सहकारी कार्यकारी अधिकृत सुनिल कुमार सेठीले संस्थाले आठ वटा सेवा कार्यालयमार्फत सेवा दिईरहेको बताए । उनले पछिल्लो समष्मा केही सहकारीमा देखिएको विकृतीका कारण सहकारी क्षेत्रमा विषम परिस्थति देखिए पनि संहकारीले जन विश्वाससहित काम गरि रहेको बताए । उनले स्थानीय सहकारीलाई मार्फत सेवा लिन पनि आम नागरिकलाई आग्रह गरेका छन् । सहकारीले विभिन्न विधामा उत्कृष्ट बचतकर्ताहरुलाई सम्मान समेत गरेको छ । सहकारीका उत्कृष्ट कर्मचारी, जेष्ठ नागरिक, एकल महिला, लघु वित्त समुहलाई पनि सहकारीले सम्मान गरेका छ ।

त्यस्तै सहकारीले चाुल आर्थिक वर्षमा वित्तिय साक्षरता कार्यक्रम, विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिने जनाएको छ । त्यस्तै सहकारी सदस्यका लागि प्राकृतिक राहात कोष स्थापना गरि पाँच हजारसँम्म सहयोग गर्ने, सुत्केरी स्याहार खर्चबाफत बाल बचत खातामा एक हजार जम्मा गरिदिने, कृषि र पुशपालन कार्यक्रमलाई प्रोत्साहन गर्ने लगायतका कार्यक्रम सहकारीले अघि सारेको छ ।

त्यस्तै सहकारीले सक्रिय  शेयर सदस्य संख्या १२ हजार पु¥याउने लक्ष्य लिएको छ ।  ११ औंं वार्षिक साभारण सभा उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेश सभा सदस्य समेत रहेका पूर्व मन्त्री प्रकास रावल प्रमुख अतिथि रहेका थिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्