निड्स नेपालको २५ औँ वार्षिक साधारण सभा सम्पन्नः यस्ता छन् समसामयिक प्रस्ताव

सामाजिक रुपान्तरणको अभियानमा निरन्तर निड्स
महेन्द्रनगर । राष्ट्रिय वातावरण तथा समविकास समाज नेपाल (नीड्स नेपाल) को २५ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आप्रवासन, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनको क्षेत्रमा काम गर्ने सुदूरपश्चिमकै अग्रीण संस्थाको रुपमा रहेको निड्सले शनिबार पुनर्वास नगरपालिकामा २५ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
२०५५ साल फागुनमा बेलौरीको श्रीपुरस्थित महिला समुह गठन गरि बचत संकलनबाट सुरु यात्रा सुरु गरेको यो संस्थाले सामाजिक क्षेत्रमा देशव्यापी रुपमा पहिचान बनाउन सफल भएको छ ।
निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले विपद् व्यवस्थापन तथा जलवायु परिर्वतनलाई प्रमुख क्षेत्रको रुपमा लिएको निड्सले सुरक्षीत आप्रवासन र आधारभुत मानवीय आवश्यकको सवालमा पनि समानान्तर रुपमा काम गदैँ आईरहेको बताए । उनका अनुसार “सामाजिक न्याय र समृद्धि सहितको उत्थानशिल समाज“ निर्माणका लागि समय सापेक्ष निम्न विषयलाई सम्वोधन गर्न नेपाल सरकार र सम्पुर्ण सरोकारवाला निकायलाई अनुरोध गदैँ वार्षिक साधारण सभा सम्पन्न गरिएको छ ।

यस्ता निड्सको वार्षिक साधारण सभाले गरेका समसामयिक प्रस्तावहरु

१. देश विकासका लागि राज्य, निजीक्षेत्र र नागरिक समाज गरी तीन वटा क्षेत्रको महत्पूर्ण भूमिका हुने भएकाले संघ संस्था दर्ता नविकरण सम्बन्धी समय सापेक्ष कानुन निर्माण गरी कार्यमूलक वातावरण निर्माण गरियोस् ।
२. जुन देशको नागरिक समाज सशक्त हुन्छ त्यो देशको लोकतन्त्र सबल, मानवअधिकारको सुनिश्चितता, सुशासन प्रवर्द्धन हुने भएकाले नागरिक समाजको अगुवाई गर्ने नागरिक संघ संस्थाहरुलाई समृद्ध नेपाल सुखि नेपाली अभियानमा परिचालन गरि साझेदारीको वातावरण निर्माण गरियोस् ।
३. नेपालमा भएका पटक पकटका नागरिक तथा जनआन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भई संविधान सभावाट संविधान निर्माण भएकाले संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै मौलिक हकहरुको कार्यान्वयनका लागि समय मै आवश्यक कानून निर्माण गरियोस् ।

४. जलवायु परिवर्तनको असर र विपद्को जोखिमका कारणले वर्षेनी सयौले ज्यान गुमाउनुका साथै कयौ वस्ती विस्थात हुदै गएका छन । यसर्थ भूकम्पिय लगायतका विपद्को जोखिम न्यूनिकरणका लागि वातावरण मैत्री, जलवायु अनुकुलनका कार्यमा जोड दिन माग गर्दछौ । ५. प्राक्तिक स्रोतमा माथिको अक्रिमण र दोहनका कारण चुरे र जलाधार क्षेत्रमा परेको असर न्यूनिकरणका लागि भूपरिधिमा आधारित मानव प्रकृति समन्यायिक हुने गरी चुरे क्षेत्रको जैविक विविधता संरक्षणका सवैमा अनुरोध गर्दछौ ।
६. जंगली जनावरको अतिक्रमणवाट किसानको वालीनालीमा नस्टहुनु, तराईका फाँटहरु घरेडीमा परिणत हुनु, स्थानीय उत्पादन घट्दै जानु र रोजगारीका अवसर नहुदा रोजगारीकालागि मानिसहरुको कामको खोजीमा देश वाहिर जाने संख्या दिन प्रतिदिन बढ्दै गएकोले यी सवाललाई सम्बोधन हुने गरी स्वदेशी वस्तु उत्पादन वृद्धि तथा संरक्षण, प्रवर्द्धन र उद्यमशिलताको विकास गर्न माग गर्दछौ ।
७. राज्यका हरेक तहमा भ्रष्टाचार मौलाउनु, देशका संयन्त्रहरु बिधिसम्मत संचालन नहुनु, सामुहिक स्वार्थ भन्दा व्यक्तिगत स्वार्थ केन्द्रीत हुनु, सहकारी जस्तो क्षेत्रमा रहेको बचतको उचित सुरक्षाको अभावमा स–साना बचतकर्ताहरु मर्का परिरहेका छन, मिटर ’व्याज र लघुवित्तबाट प्रभावितहरुको संख्या बढ्दै गएको छ । खासगरी सरकारका समुदायस्तरका विकास झेदारका रुपमा रहेका सहकारी, लघुवित्त, नागरिक संघ संस्था/नागरिक समाज र निजी क्षेत्रका समस्या हल गरी कार्यमुलक वातावरण निर्माण गर्न अनुरोध गर्दछौ ।

८. महिला, बालबालिका र किसोरीहरुको आत्मसम्मान र अधिकारको संरक्षणको विषय अझै पनि चुनौतिपूर्ण रहेको छ भने घरायसी कार्यबोझले उनीहरु शिक्षा, सशक्तिकरण र आर्थिक उन्नयनको विषय पनि संकटमा रहेको छ। संवैधानिक र कानुनी रुपमा महिलाको समानताको हक सुरक्षित गरिएको भएता पनि त्यसको कार्यान्वयनमा सरकारले उचित वातावरणको निर्माण गर्न आवश्यक छ । तसर्थ महिला, बालबालिका, किसोरीहरुलाई लक्षित गरी विशेष कार्यक्रम सञ्चालन गर्न तीनै तहका सरकारको ध्यानाकर्षण गराउन चाहन्छौ।

९. समग्रमा सामुदायिक विद्यालयको अवस्था निकै नाजुक बन्दैजादा गरिव विपन्का वालवालिकाको शिक्षामा प्रत्यक्ष प्रभाव परिरहेको हुँदा विद्यालयको हाता देखी अभिभावक सम्म शिक्षण सिकाईमुलक वातावरण निर्माण, विद्यालयको शैक्षिक सुधार गरि सामुदायिक विद्यालयको गुणस्तरीय शिक्षा प्रबर्द्धनमा लाग्न सरकोरावाला निकाय लाई जोडदार माग गर्दछौं ।
१०. महिला तथा बालबालिकामा कुपोषणको समस्या यथावत रहेकाले पोषण वृद्धि (सुनौला हजार दिन), विषादी प्रयोग न्यूनिकरण, खाने आनीवानी सुधार र सुरक्षित मातृत्व, प्रजनन् स्वास्थ्य क्षेत्रलाई ग्राहयता दिन जोडदार माग गर्दछौ ।
११. स्वास्थ्य संस्था, विद्यालय लगायतका सार्वजनिक क्षेत्र र अति गरिव समुदायको खानेपानी सरसफाइको अवस्था कमजोर रहेकाले साथै वढ्दो शहरीकरणमा फोहरमैला समस्याका रुपमा देखिएकाले शुद्ध खानेपानीका र फोरहमैला व्यवस्थापनकालागि समुदायमा सचेतना र ठोस कार्यक्रम ल्याउन स्थानीय तह लगायतका सरकार संग माग गर्दछौ ।
१२. भारतीय सिमानासँग जोडिएका तराईका जिल्लाहरुमा युवाहरुमा लागु पदार्थ सेवनकर्ता अर्थात कुलत दुर्व्यसनी वढ्दै गएकोले तत्काल नियन्त्रण गरी युवाहरुको क्षमता विकास गरि नवप्रवर्तन कार्यमा सरिक हुने वातावरण निर्माण गर्न माग गर्दछौ ।
१३. हाल वैदेशीक रोजगारीमा जाने कामदार बढ्दै गएको, सुदूरपश्चिमवासीले भारतमूखी आप्रवासनबाट भोगिरहेका समस्याहरु हल नभएको र आन्तरिक आप्रवासनमा अनौपचारिक क्षेत्रका कामदारहरुले पनि थुप्रै समस्या भोग्दै आईरहेकाले आप्रवासी कामदार र मजदुरहरुको सामाजिक सुरक्षाका लागि कार्य गर्न तीनै तहका सरकारसंग जोडदार माग गर्दछौ ।
१४. समाजमा रहेका हरेक समस्या र सवालको विश्लेषण गरि “सामाजिक न्याय र समृद्धि सहितको उत्थानशील समाज“ निर्माणको परिकल्पना सहित सामाजिक न्याय तथा अधिकार, मर्यादित आप्रवासन तथा उत्थानशिल जिवीकोपार्जन र जलवायु तथा विपद् उत्थानशिल कार्य गर्न निड्स नेपाल प्रतिवद्धता जनाउदछ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्