कञ्चनपुरमा एमालेको जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम हुदैँ

उप-महासचिव ज्ञवालीले प्रमुख प्रशिक्षक
महेन्द्रनगर । नेकपा एमाले पार्टी केन्द्रीय स्कुल विभागको आयोजना तथा नेकपा एमाले कञ्चनपुरको व्यवस्थापनमा कञ्चनपुरमा जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम हुने भएको छ । भदौ ३१ देखि असोज २ गतेसम्म आयोजना हुने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सोमबारदेखि महेन्द्रनगरमा सुरु हुनेछ ।
नेकपा एमालेका उप महासचिव तथा पार्टी स्कुल विभाग प्रमुख प्रदिप ज्ञवालीले प्रशिक्षण कार्यक्रममा मुख्य प्रशिक्षक रहने एमाले कञ्चनपुरका उपाध्यक्ष जनकराज अवस्थीले बताए । उनका अनुसार जिल्ला कमिटिका सदस्यहरुलाई प्रशिक्षकको रुपमा तयार गर्न प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताए । प्रशिक्षणपछि नेताहरुलाई वडा तथा नगरस्तरीय प्रशिक्षण कार्यक्रममा पठाईने छ ।
प्रशिक्षक प्रशिक्षण कार्यक्रममा एक सय ३९ जनाको सहभागीता रहेन एमाले कञ्चनपुरले जनाएको छ । प्रशिक्षण जिल्ला कमिटिका सदस्यलाई दायित्वबोध सम्बन्धी केन्द्रीत हुनेछ ।
तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा एमालेका केन्द्रीय सचिव लेखराज भट्ट, पोलिटव्युरो सदस्य राजेन्द्र सिंह रावल, निरुदेवि पाललगायतका नेताहरुले प्रशिक्षण दिनेछन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्