मेगा सहकारीको सुविधा सम्पन्न कार्यालय भवनको उद्धघाटन

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित केन्द्रीय कार्यालय रहेको मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालय भवन उद्धघाटन गरिएको छ । सोमबार एक कार्यक्रमकाबिच सहकारीको नवनिर्मित कार्यालय भवन उद्धघाटन गरिएको हो ।

भवन उद्धघाटन भएसँगै सहकारीले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा दिनेछ । सहकारीले स्थापना भएको १० वर्षमा नै आफ्नै भवन निर्माण गरेको हो । मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कार्यकारी प्रमुख सुनिल कुमार सेटीले तीन बर्ष अघि खरिद गरिएको संस्थाको जमिनमा २०८० मंसिरमा भवनको शिलान्यास गरिएको बताए । १ करोड १३ लाख, ८५ हजार लागतका निर्माण गरिएको उक्त भवन महालक्ष्मी निर्माण सेवाले निर्मांण गरेको हो ।
भवनको पहिलो तलामा महेन्द्रनगर शाखा सहित काउण्टर, दोस्रोमा केन्द्रीय कार्यालय र तेस्रोमा सभा हल सहित गेष्ट हाउस तयार गरिएको तयार गरिएको छ ।

सहकारीले कञ्चनपुर, कैलाली सहित तीन जिल्लामा आठ वटा शाखा कार्यालयमार्फत सेवा दिईरहेको छ । गत हप्ता मात्रै ११औँ बार्षिक साधारण सभा सम्मन्न गरेको सहकारीले चाडैँ आफ्नै भवनमार्फत सेवा सञ्चालन गर्ने जानकारी दिएको थियो । यस अघि सहकारीले घर भाडामा लिएर कार्यालय सञ्चालन गदैँ आईरहेको थियो ।

२०७१ सालमा २५ जना शेयर सदस्यबाट स्थापना गरिएको सहकारीमा हाल १८ हजार बढी शेयर सदस्य रहेका छन् । हाल सहकारीको शेयर पुजी पाँच करोड ७४ लाख ९४ हजार हजार रहेको छ । जसमा गत वर्ष मात्रै १८ प्रतिशतले वृद्धि भएको हो । त्यस्तै बचत संकलन ३६ करोड ४६ लाख १९ हजार रहेको छ । भने शेयर सदस्य कर्जा ५७ करोड २५ लाख पाँच हजार पुगेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्