अनेरास्ववियु कञ्चनपुरद्धारा संविधान दिवसको अवसरमा दीप प्रज्वलन

महेन्द्रनगर । संविधान दिवस तथा राष्ट्रिय दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाईएको छ । अनेरास्ववियु कञ्चनपुरले पनि दीप प्रज्वलन गरि दिवस मनाएको छ ।

नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन कञ्चनपुरले बिहिबार साझ महेन्द्रनगरको मदन चोकमा दीप प्रज्वपलन गरि दिवस मनाएको हो ।

अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष अमर सिंह धामीले देश संविधान प्राप्त गरेको दिन सबै नेपालीका लागि गौरवको दिन भएकोले दीप प्रन्वलन गरि दिवस मनाएको बताए ।

उनले संविधानले बालबालिका, विद्यार्थीका अधिकारलाई सुनिश्चत गरेकाले संविधानको पुर्ण कार्यान्वयन हुनेपर्नेमा जोड दिए । दीप प्रज्वलन कार्यक्रममा नेकपा एमालेका नेताहरु, अनेरास्ववियुका नेता विद्यार्थीहरुकोे सहभागीता रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्