होटल व्यवसायी संघ कञ्चनपुरले अनाथालयमा मनायो संविधान दिवस

महेन्द्रनगर । होटल व्यवसायी संघ कञ्चनपुरले समाज कल्याण अञ्चल बाल अनाथालयमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाएको छ । बिहिबार अनाथालयमा एक कार्यक्रम गदैँ संघ राष्ट्रिय दिवस मनाएको हो । कार्यक्रममा संघले अनाथालयलाई थाली सहयोग गरेको छ भने बालबालिलालाई रात्री भोजन समेत गराएको छ ।

संघका अध्यक्ष रामचन्द्र रेग्मीले अनाथालयमा थाली सहयोगसँगै बालबालिकालाई भोजन खुवाईएको बताए । उनले विपन्न तथा असहाय वर्गसँग संविधान दिवस मनाउदाँ उहाँहरुलाई सविधानले प्रदान गरेका मौलिक हकसँगै अधिकारका विषयहरु आभास हुने भएको अनाथालयमा दिवस मनाईएको बताए ।

संविधानले बालबालिका बाच्न पाउने अधिकारसँगै आधारभुत तहको शिक्षाको ग्यारेन्टी गरेको समेत उनले उल्लेख गरे । संविधानको पुर्ण कार्यान्वयन गरि सुखि नेपाली, समृद्ध नेपालको राष्ट्रिय आकाक्षालाई पुरा गर्न सबै लाग्नु पर्ने बताए । साथै अगामी दिनमा पनि संघले सामाजिक कार्यहरुलाई नियमित रुपमा अगाडी बढाउने प्रतिवद्धता जनाए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले अहिलेको संविधान उत्कृष्ट संविधान भएकाले आवश्वय संसोधनसहित पुर्ण कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै अनाथालय सञ्चालन समितिका उपाध्यक्ष हिरा चन्दले अनाथालयलाई सबै क्षेत्रबाट सहयोगका लागि अनुरोध गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटा, एसपी चक्रराज जोशी, संघका निवर्तमान अध्यक्ष जगदिश चन्द्र भट्ट लगायतको सहभागीता रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्