भीमदत्तमा एमालेले बढायो प्रतिपक्षी भुमिका, सार्वजनिक महत्वका सूचना माग

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा प्रतिपक्षी भुमिकामा रहेको नेकपा एमालेले खबरदारी तिव्र पारेको छ । केही महिना अघि भीमदत्त नगरपालिकालाई ज्ञापनपत्रमार्फत खबरदारी गरेको एमालेलेको नगर कमिटिले सूचनाको हक अन्तरगत पालिकासँग सार्वजनिक सूचना माग गरेको छ ।
ज्ञापनपत्रमार्फत गरिएका मागहरु नगरपालिकाले सम्बोधन नगरेपछि एमालेले प्रतिपक्षी भुमिकालाई थप सक्रिय बनाएको हो ।
एमालेले भीमदत्त नगर कमिटिका अध्यक्ष हिमाल बहादुर चन्दले नगरपालिकासँगै सार्वजनिक महत्वका विषयमा पालिकासँग सूचना माग गरिएको बताए । उनका अनुसार एमालेले कार्यपालिकाका निणर्य, बजेट खर्च तथा योजनाबारे सूचना माग गरेको छ ।
उनले नगरमा भएका कामबारे जानकारी लिन सूचनाका हक प्रयोग गरि सूचना तथा विवरणको प्रमाणित प्रतिलिपि माग गरिएको बताए ।
यस अघि एमाले नगर कमिटिले नेपाली कांग्रेसबाट निवार्चित नगर प्रमुख पदम बोगटी नेतृत्वको स्थानीय सरकारले गरेका कार्यबारे ज्ञापनपत्रमार्फत जानकारी मागेको थियो । तर त्यसलाई बेवास्था गरेपछि एमालेले सूचनाको हक प्रयोग गरि पालिकासँग सूचना माग गरेको हो । एमालेले आर्थिक वर्ष २०७९।८० देखि ०८१।८२ सम्ममा भएको नियुक्ती तथा कार्य विवरण, नगर प्रमुख र उप प्रमुखको भ्रमण खर्च र उपलब्धीहरु, कोटेसनमार्फत सम्पन्न भएका योजनाको विवरण, सवारी साधन मर्मत तथा ईन्धनमा भएको खर्च र रोयल्टी संकलन तथा खर्चको विवरण माग गरिएको छ ।
त्यस्तै उप–मेयर विपन्न कार्यक्रम अन्तरगत भएको खर्च र सेवाग्राहीको विवरण, नगरपालिकाबाट निकासा भएको आर्थिक सहायताको विवरण पनि माग गरेको छ । साथै नगरपालिकाले स्वेत पत्रको नाममा देखाएको ऋण र त्यसको भुक्तानीबारे पनि एमालेले प्रश्न उठाएको छ ।
यस्तो छ एमालेले सूचना माग पत्र ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्