दशैँ अघि वडाध्यक्ष बस्नेतले बाँडे बाढी पिडित परिवारलाई राहात, स्थानीय हर्षित

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा गएको असारमा २३ र २४ नेपालकै रेकर्ड ब्रिक बर्षा भयो । २४ घण्टासम्म निरन्तर परेको वर्षाका कारण हजारौँ स्थानीय बाढी र डुबानमा परे । दशैँ नजिकिदैँ गर्दा बाढी पिडितको जनजीवन कष्टकर बनेको थियो ।

सोही कुरालाई मध्यनजर गदैँ दोधरा चाँदनी–६ को वडा कार्यालयले दुई सय ५० बढी बाढी पिडितलाई राहात सामाग्री उपलब्ध गराएको छ । खाद्यान्न अभावले बाढी पिडितको दशैँ खल्लो नहोस राहात वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

वडाध्यक्ष ओम बस्नेतले बाढी पिडित परिवारलाई राहात वितरण गरिएको बताए । उनले नेपालीहरुको मुख्य चाँड दशँै मुखमै आएकाले बाढी पितितलाई राहात स्वरुप खाद्यान्न वितरण गरिएको बताए ।
उनका अनुसार बाढी पितिलाई एक कठ्ठा चालम, दुई केजी दाल, दुई लिटर तेल, नुन, साबुन लगायतका सामाग्री वितरण गरिएको छ ।

वडा कार्यालयले बाढी र डुबानका कारण स्थानीयको जनजीवन नै प्रभावित भएको र चाँडपर्वको पनि परेकाले बजेट रकमान्तर गरी पिडितलाई राहात वितरण गरेको हो । ‘विकास भन्दा पहिलो प्राथमिकता भनेको जनजीवनको हो, बाढी प्रभावितहरुलाई पालिका र दातृ निकायले बाँडेको राहात मात्रै प्रयाप्त छैन्, सबैले पाउन पनि सकेको अवस्था पनि छैन् ।’ वडाध्यक्ष बस्नेतले भने ‘चाँडपर्व पनि नजिकिएकाले केही योजनाको बजेट रकमान्तरण गरि राहात वितरण गरेका छौँ, कोही–कसैको घरमा खाद्यान्न अभावले दशै खल्लो नहोस भनेर राहात वितरण गरिरहेका हौँँ ।’

दशैँ अघि राहात पाएकोले बाढी पिडितमा खुसीयाली छाएको छ । उनीहरुले चाँडपर्वको समयमा राहात पाएकोमा खुसी व्यक्त गदैँ वडा कार्यालयलाई धन्यवाद समेत दिएका छन् । बाढी पिडित पदम बहादुर सुनारले बाढीका कारण विपत्ति नित्याएको बताउँदै दशैँको मुखमा राहात पाएकोमा खुसी व्यक्त गरे । उनले बाढीले कारण कतिपयको घरमा खाद्यान्न समेत नभएको अवस्था भएकोले दशै अघिको राहात सामाग्रीले निकै जनजीवन सहज हुने बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्