महेन्द्रनगर । कञ्चनपुरस्थित केन्द्रीय कार्यालय रहेको सुदूरपश्चिमै अग्रणी सहकारी उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो वित्तिय विवरण सार्वजनिक गरेको छ । सहकारीले हरेक तीन\तीन महिनामा संस्थाको वित्तिय विवरण सार्वजनिक गर्दै आईरहेको छ ।
सहकारीले बुधबार सार्वजनिक गरेको असोजसम्मको वित्तिय विवरण अनुसार उदयदेव बहुउद्देश्यीय सहकारीको हालसम्ममा कुल सम्पत्ति दुई अर्व ५१ करोड ४५ लाख ६३ हजार छ सय ८२ रहेको छ ।
जस अन्तरगत शेयर पुजी २१ करोड २० लाख ७३ हजार रहेको छ भने जगेडा १९ करोड १८ लाख ९१ हजार र अन्य कोष चार करोड ४३ लाख ४२ हजार रहेको छ ।
त्यस्तै कुल बचत एक अर्व ८४ करोड चार लाख २० हजार र लगानीमा बाँकी एक अर्व ५७ करोड आठ लाख १५ हजार रहेको छ ।
२५ हजार दुई सय २३ शेयर सदस्य रहेको सहकारीमा हाल आठ हजार छ सय ६९ ऋणी रहेका छन् ।
४७ दशमलव ६७ प्रतिशत तरलता रहेकोमा संस्थागत पुजी २२ करोड ३७ लाख सात सय र सापटी ५६ लाख ७८ हजार नौ सय रहेको सहकारीले जनाएको छ ।
सहकारीका प्रमुख कार्यकारी निर्देशक गणेश बहादुर चन्दले संस्था वित्तिय अवस्थालाई पारदर्शी बनाउन र सहकारी शेयर सदस्यलाई जानकारी गराउन नियमित रुपमा वित्तिय विवरण सार्वजनिक गरिदैँ आएको बताए ।
सहकारीले कञ्चनपुरसँगै कैलाली, डडेल्धुरा र बैतडी जिल्लामा गरि नौ वटा सेवा केन्द्रमार्फत सेवा दिदैँ आएको छ ।