महेन्द्रनगर । कञ्चनपुरमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिकाे जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । शुक्रबार नेकपा एमाले कञ्चनपुरकाे स्थानीय विकास विभागद्वारा जनप्रतिनिधिकाे भेला तथा अन्तरक्रिया आयोजना गरिएको हो । भेलामा नाै वटै पालिकाका निर्वाचित जनप्रतिनिधिकाे सहभागीता रहेकाे छ ।
कार्यक्रममा पालिकामा जनप्रतिनिधिले गरिरहेका कामहरुकाे जानकारीसहित रिपोर्टिङ भईरहेकाे छ ।
स्थानीय विकास विभाग प्रमुख तथा नेकपा एमाले कञ्चनपुरका उप सचिव अशाेक कुमार चन्दकाे अध्यक्षतामा सञ्चालन भएकाे अन्तरक्रियामा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम ईन्चार्ज लेखराज भट्ट प्रमुख अतिथि रहेका छन् ।
त्यस्तै कार्यक्रममा नेकपा एमालेका पाेलिटव्युराे सदस्य राजेन्द्र सिंह रावल, निरुदेवी पाल, केन्द्रीय सदस्य कृपाराम राना, कमला बाेहरा जिल्ला अध्यक्ष लक्ष्मी बुढा लगायत एमाले नेताहरूकाे सहभागीता रहेकाे छ । नेताहरुले जनप्रतिनिधिलाई आवश्यक सुझाव सल्लाहसहित निर्देशन दिनेछन् ।