नेतृत्वको आलोचनाले पार्टीको हित गर्दैन्: ईन्चार्ज भट्ट

महेन्द्रनगर । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम ईन्चार्ज लेखराज भट्टले नेतृत्वको आलोचनाले पार्टीको विचार–सिद्धान्त स्थापीत नहुने बताए । नेकपा एमालेले कञ्चनपुरको स्थानीय विकास विभागद्धारा आयोजित स्थानीय तहका जनप्रतिनिधिहरुको जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गदैँ उनले नेतृत्वको आलोचनाले पार्टीको हित नहुने र विचार पनि स्थापीत नहुने बताएका हुन् ।
एमालेमा नेतृत्व र विचारमा कुनै दुविधा नभएको बताउँदै उनले नेतत्वको आलोचनाले पार्टी हित नहुने उल्लेख गरे । ‘पार्टी विचार सिद्धान्त मान्छु भन्ने तर नेतृत्वको आलोचना गर्दा हाम्रो विचार र सिद्धान्त कसरी स्थापीत हुन्छ ?’ उनले प्रश्न गरे । नेतृत्वको कुसलताले नै पार्टीले सरकारको नेतृत्व गरिरहेको बताउँदै मिसन २०८४ लाई सफल बनाउन जनप्रतिनिधिको भुमिका महत्वपुर्ण रहने उनले बताए ।
साथै पार्टी जनप्रतिनिधिबिच आपसी समन्वय न्यून रहेको र छलफलको माध्यमबाट समस्या समाधान गरिनुपर्ने उनको भनाई छ । कार्यक्रममा पोलिट्व्युरो सदस्य एंवम् सुदूरपश्चिम प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल, निरुदेवी पाल, केन्द्रीय सदस्य कृपाराम राना, कमला बोहरा, कञ्चनपुर पार्टी अध्यक्ष लक्ष्मी बुढा लगायत प्रदेश र जिल्ला कमितिका एमाले नेताहरुको सहभागीता रहेको थियो । शुक्रबार कञ्चनपुर पार्टी कार्यालयमा आयोजित कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुले पालिकाका गतिविधिबारे पार्टी नेताहरु रिर्पाेटिङ गरेका थिए । उनिहरुले स्थानीय तहमा काम गर्दा भएको उपलब्धिसँगै समस्या र चौनौतीबारे पार्टीलाई जानकारी गराएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्