महेन्द्रनगर । नेकपा एमालेले कञ्चनपुरको स्थानीय विकास विभागद्धारा आयोजित स्थानीय तहका जनप्रतिनिधिहरुको जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार कञ्चनपुर पार्टी कार्यालयमा आयोजित कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुले पालिकाका गतिविधिबारे पार्टी नेताहरु रिर्पाेटिङ गरेका थिए । उनिहरुले स्थानीय तहमा काम गर्दा भएको उपलब्धिसँगै समस्या र चौनौतीबारे पार्टीलाई जानकारी गराएका छन् ।
स्थानीय तहका जनप्रतिनिधिहरुको जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गदैँ नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम ईन्चार्ज लेखरानज भट्टले नेतृत्वको आलोचनाले पार्टीको हित नहुने र विचार पनि स्थापीत नहुने बताएका हुन् ।
एमालेमा नेतृत्व र विचारमा कुनै दुविधा नभएको बताउँदै उनले नेतत्वको आलोचनाले पार्टी हित नहुने उल्लेख गरे । ‘पार्टी विचार सिद्धान्त मान्छु भन्ने तर नेतृत्वको आलोचना गर्दा हाम्रो विचार र सिद्धान्त कसरी स्थापीत हुन्छ ?’ उनले प्रश्न गरे । नेतृत्वको कुसलताले नै पार्टीले सरकारको नेतृत्व गरिरहेको बताउँदै मिसन २०८४ लाई सफल बनाउन जनप्रतिनिधिको भुमिका महत्वपुर्ण रहने भएकाले चुनावी प्रतिवद्धतालाई ध्यानमा राखेर काम गर्न पनि जनप्रतिनिधिहरुलाई निर्देशन दिए ।
साथै पार्टी जनप्रतिनिधिबिच आपसी समन्वय न्यून रहेको र छलफलको माध्यमबाट समस्या समाधान गरिनुपर्ने उनको भनाई छ । शुक्रबार कञ्चनपुर पार्टी कार्यालयमा आयोजित कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुले पालिकाका गतिविधिबारे पार्टी नेताहरु रिर्पाेटिङ गरेका थिए । उनिहरुले स्थानीय तहमा काम गर्दा भएको उपलब्धिसँगै समस्या र चौनौतीबारे पार्टीलाई जानकारी गराएका छन् ।
त्यस्तै कार्यक्रममा पोलिट्व्युरो सदस्य एंवम् सुदूरपश्चिम प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले प्रदेश सरकारले रणनीति महत्वका योजनालाई प्राथमिकताका साथ अघि बढाएको बताए । उनले एमालेको पहलमा जिल्लामा अघि बढाईएका योजनाबारे नेता कार्यकर्तालाई जानकारी समेत गराएका थिए ।
बैठकमा नेकपा एमाले कञ्चनपुरकी अध्यक्ष लक्ष्मी बुढाले निर्वाचनको समय पार्टी गरेका प्रतिवद्धता र घोषणाहरु ध्यानमा राखेर काम गर्न जनप्रतिनिधिहरुलाई निर्देश गरेकी छिन् । उनले अहिलेकै कामबाट ०८४ को निर्वाचनमा परिणाम देखिने भएकाले जनहित र विकास निर्माण कार्यलाई प्राथमिकता राखेर काम गर्न आग्रह गरिन् ।
कार्यक्रममा दोधरा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले एमालेको नेतृत्वपछि पालिकाको आन्तरिक आयमा उलेख्य वृद्धि भएको बताए । उनका अनुसार अहिले दोधराचाादनीको आन्तरिक आय करिब चार करोड पुगेको छ । साथै पालिकाले स्वास्थ्य, शिक्षा लगायत जन आपेक्षालाई ध्यानमा राखेर काम गरिरहेको बताए ।
त्यस्तै स्थानीय तहका जनप्रतिनिधिहरुले पालिकाको नेतृत्वमा फरक पार्टीको नेतृत्व हुदाँ आफुलाई पुर्वाग्रही व्यवहार खेप्नु परेको बताएका छन् । भीमदत्त नगरपालिका– १८ का वडाध्यक्ष रविन्द्र देवकोटाले भीमदत्तमा आफुहरुमाथि पुर्वाग्रही व्यवहार हुने गरेको गुनासो पोखे । उनले कार्यकालिकामा एमालेका जनप्रतिनिधि हुदाँ पनि आफुहरु सशक्त रुपमा उपस्थिति जनाउने गरेको बताए । त्यस्तै लालझाडी गाउँपालिकाकी उपाध्यक्ष सपना चौधरीले स्रोत साधन सिमित हुदाँ चाहे अनुसार काम हुन नसकेको बताईन् । साथै आवश्यक योजनाका पार्टी नेतृत्वको पहल कदमीका लागि आग्रह पनि गरिन् ।
कार्यक्रममा पोलिट्व्युरो सदस्य एंवम् सुदूरपश्चिम प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल, निरुदेवी पाल, केन्द्रीय सदस्य कृपाराम राना, कमला बोहरा, कञ्चनपुर पार्टी अध्यक्ष लक्ष्मी बुढा लगायत प्रदेश र जिल्ला कमितिका एमाले नेताहरुको सहभागीता रहेको थियो ।
स्थानीय विकास विभाग प्रमुख तथा नेकपा एमाले कञ्चनपुरका उप सचिव अशाेक कुमार चन्दकाे अध्यक्षतामा सञ्चालन भएकाे अन्तरक्रियामा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम ईन्चार्ज लेखराज भट्ट प्रमुख अतिथि रहेका छन् ।