चरम आर्थिक अभाव झेल्दैँ भीमदत्तको वृद्ध सेवा केन्द्र, जेष्ठ नागरिक समस्यामा

महेन्द्रनगर । कञ्चनपुर भीमदत्त नगरपालिकाको एक वृद्धसेवा केन्द्रमा आर्थिक अभाव भएपछि खाद्यान्न संकट उत्पन्न भएको छ । दाताहरुको सहयोगबाट संचालनमा रहेको भीमदत्त नगरपालिका ५ वनखेतस्थित महिला तथा वृद्ध सेवा केन्द्रले आर्थिक अभावका कारण खाद्यान्न संकट झेल्नु परेको हो ।
बिहीबार महिला तथा वृद्ध सेवा केन्द्रले पत्रकार सम्मेलन गरेर आर्थिक समस्या कारण वृद्ध सेवा केन्द्र संचालन गर्न नसकिने घोषणा गरेको छ । महिला तथा वृद्ध सेवा केन्द्रकी अध्यक्ष शारदा चन्दले कोरोना महामारीसंगै स्थानीय, केन्द्र सरकारले दिदै आएको अनुदान कटौती र विभिन्न निजी दाताहरुले दिदै आएको खाद्यान्न दिन छाडेपछि आश्रममा समस्या भएको बताईन । खाद्यान्न संकट भएपछि छाक नै टार्न धौउधौउ भएको उनले दावि छ ।
‘विगतमा स्थानीय र केन्द्रीय सरकारले हरेक बर्ष नगद एव सक्दो सहयोग गर्दै आएको थियो, ‘उनले भने, ‘०७४देखि स्थानीय भीमदत्त नगरपालिका सरकारले समेत अनुदान कटौती गरिदियो, अहिले खाद्यान्न संकट भएको छ ।’ आश्रमकै आन्तरिक आम्दानी गर्दै आएको कुखुरा पालन पनि गत असारमा आएको वाढीले बगाईदिएपछि थप संकट गरेको बताईन ।
‘हामीसंग अहिले यहाँ ६३ जना जेष्ठ, असक्त आमाबाबु महिला तथा बालबालिका छन, ‘उनले भनिन, ‘उनीहरुको उपचार, भरणपोषण त परै जावस दैनिक खाने अन्न पनि छैन ।’ विगतमा अधिया गरेर खाने गुजारा चलाएपनि अहिले अधिया बनाउन सक्ने अवस्था नभएकाले अब आश्रम सरकारले ग्रहण गरिदिनुपर्ने उनको दुखेसो छ ।
गत बर्ष सुप प्रदेशको समाजिक विकास कार्यालयबाट ३लाख, २१ हजार ९१८ सहितका विभिन्न निकायबाट आएको ५लाख, ५९हजार, ४१८रुपैया मात्रै आम्दानी भएको र झण्डै ३३लाख, १४ हजार ७६०रुपैया खर्च भएको बताईन ।

‘हामीले बजारबाट ल्याएको राशन सहितको समानको रकम तिर्न बाँकी छ, ‘उनले भनिन, ‘साहुले एकातिर दैनिक ताकेता गरेको छ, हामीले अब कसरी चलाउने यो बृद्धआश्रम, स्थानीयदेखि केन्द्रंीय सरकारलाई अनुयायी गर्दा समेत केही पहल भएन, यस्तै अवस्था रहे भोकमरी हुने देखिएको छ ।’
विगतमा च्याउखेती, मुठ्ठी दान र विभिन्न सरकारी गैर सरकारी निकायबाट आर्थिक, भौतिक सहयोग लिएर संचालन हुँदै आएको आश्रम अहिले संकटमा रहेको उनले बताईन । ‘मैले ०७९ मा चुनाव लड्दा आफु संलग्न रहेको पाटी काँग्रेस परित्याग उहिल्यै गरिसकेको थिए, ‘उनले भनिन, ‘अब त म स्वतन्त्र भईसके, सबैले सहयोग गर्नुपर्नेमा झन घटिरहेको छ, कि मैले पाटी परित्याग गर्दा सहयोग पाईराखेको छैन, त्यो बुझ्नै सकिएको छैन ।’
अध्यक्ष चन्दले हालसम्म ३ हजार ३३६जेष्ठ नागरिकको पुर्नस्थापना, १सय २को वेवारिसे शव दाहसंस्कार गरिएको छ । सहयोगका लागि सरकारी, गैर सरकारी निकाय दातादाहरुलाई आग्रह गरेकी छिन । ‘हामीले राम्रोसंग दशैँ पनि मनाउन पाएनौँ, अब नजिकिदै गरेको तिहार पनि मनाउन समस्या भएको छ, ‘उनले भनिन, ‘अब सरकारले कि यो बुद्ध आश्रमको जिम्मा लिनुप¥यो, कि सहयोग गरिदिनुप¥यो ।’ महिला अधिकारकर्मी शारदा चन्दले नै जेष्ठ नागरिक, वेसाहरा, समस्यामा परेका महिला, बालबालिकाको उद्दारका लागि उक्त वृद्धआश्रम खोलेकी थिईन ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्