न्यू वेदकोट क्रिकेट कप सुरु, उद्घाटन खेलमा शुक्लाफाँटा युवा क्लब विजयी

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका-२  जडेपानीमा  न्यू वेदकोट क्रिकेट कप सुरु भएको छ। क्रीकेट कपको आइतबार वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले उद्घघाटन गरे ।

न्यू वेदकोट समाज विकास केन्द्रको आयोजनामा हुन लागेकाे प्रतियोगितामा  वेदकोट नगरपालिका भित्रका १२ टिमको सहभागिता रहेको आयोजक  सदस्य दिनेश कुमार सिंहले बतात ।
उनका अनुसार प्रतियोगिताको विजेताले एक लाख एक हजार नगद पुरस्कारसहित ट्रफी र प्रमाण पत्र पाउनेछ । त्यस्तै  उप विजेताले ५० हजार पाँच सय  नगद सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताका सर्वोत्कृष्ट ब्याट्सम्यान, सर्वोत्कृष्ट बलर र प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ।
नगर प्रमुख बाेहराकाे प्रमुख  आतिथ्यतामा भएकाे उद्दघाटन कार्यक्रममा न्यू बेदकोट समाज विकास केन्द्रका  अध्यक्ष शंकर बहादुर बोहरा सभापति रहेका थिए ।

कार्यक्रममा जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष बिरेन्द्र चन्द लगायत विशिष्ट आतिथि तथा अतिथिहरुकाे सहभागीता रहेको थियाे ।
शुक्लाफाँटा युवा क्लब  र बैतडा टीमबिच भएकाे उद्घाटन खेलमा शुक्लाफाँटा युवा क्लब २१ रनले विजयी सुरवात गरेकाे छ । उत्त खेलमा  विवेक बाेहरा म्यान अफ दि म्याच घाेषित भए ।
त्यस्तै आइतबार भएकाे दाेश्रो खेलमा  वेदकाेट-४ ले वेदकाेट-८ लाई ४ विकेटले पराजित गररेर   बगुनले विजयी सुरुवात गरेकाे छ । उत्त खेलमा म्यान अफ दि म्याच लाेकेश भट्ट भएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्