विद्यार्थीका मार्गदर्शक अब जनताको सेवक: भीमदत्त–६ का लागि बहादुर चन्दको उम्मेदवारी
महेन्द्रनगर । उप–निर्वाचनको मनोनयन दर्ताको समय नजिकैदैँ गर्दा चुनावी सरगर्मी बढेको छ । कञ्चनपुरमा भीमदत्त नगरपालिका–६ मा वडाध्यक्ष पदका लागि आउँदो मंसिर १६ गते उप–निर्वाचन हुदैँछ । उप–निर्वाचनका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा हुने क्रम जारी छ ।
उम्मेदवारी घोषणासँगै उम्मेदवारले चुनावी अभियान र घरदैलो भेटघाटलाई तिव्र बनाएका छन् । वडाध्यक्षका लागि नेकपा एमालेले शान्ति निकेतन माध्यमिक विद्यालयका पुर्व प्रधानाध्यापक बहादुर चन्दलाई अघि सारेको छ । करिब ४५ वर्ष शिक्षण सेवा गरेका चन्दलाई एमालेले वडाध्यक्ष पदको उम्मेवार बनाएको हो ।
२०३६ सालमा एसएलसी उत्तिर्ण गरि स्वयम सेवक शिक्षकको रुपमा शिक्षण पेसामा आवद्ध भएका चन्द गत साउनमा मात्रै सेवानिवृत्त भएका हुन् । २०४१ सालमा स्थायी प्रावि शिक्षक नियुक्त भएका चन्दले २०५१ मा भीमदत्तकै सत्यवादी माविको प्रअको जिम्मेवारी समाले । २०५३ सालमा पुनः प्रअको जिम्मेवारीसहित शान्ती निकेतनमा फर्किएका चन्द त्यस यता विद्यालयको नेतृत्व समाल्दैँ आएका थिए । स्थापनाकालमा खुला चौरमा अध्ययन हुदैँ आएकोमा प्रअ चन्दकै नेतृत्व शान्ती निकेतनको भौतिक पुर्वाधार निर्माणमा उलेख्य सुधार भयो । पुर्वाधार निर्माणसँगै शान्ती निकेतनलाई जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालय बनाउन चन्द सफल भए ।
२०२१ साल साउन १६ गते बुवा स्वर्गीय प्रताप चन्द्र र आमा स्वर्गीय बिरमादेवी चन्दको कोखबाट जन्मीएका चन्द
बैतडीको दुर्गास्थान, धनचुलीस्थीत केदारेश्वर माविबाट प्रारम्भीक शिक्षा हासिल गरे । भने माध्यमिक तहको अध्ययन कञ्चनपुरस्थीत महेन्द्रनगर मावि(साधारण)बाट पुरा गरे ।
चार दशक बढी समय शिक्षण पेशामा बिताएका चन्द राज्यको मुल सेवा प्रवाहको निकायमा रहेर जनसेवा गर्ने ईच्छा रहेका बताउछन् । उनले शिक्षा क्षेत्रबाट बालबालिका उज्वल भविष्यका लागि योगदान गर्न पाएको खुसी व्यक्त गरे ।
‘हिजोको दिनमा विद्यार्थीको सुनौलो भविष्य निर्माणका लागि एउटा शिक्षकको रुपमा काम गरे ।’ उनले भने ‘अब आम जनताको सेवा र वडाको विकासका लागि काम गर्ने योजना छ ।’
वडाका समस्यालाई प्राथमिकिरण गरेर जन भावना अनुसार काम गर्ने योजना रहेको उनले सुनाए । आफ्ना विद्यार्थी र अभिभावक नै मतदाता भएकोले निर्वाचनको परिणाम आफ्नो पक्षमा आउनेमा आफु दृढ रहेको उनले बताए । शिक्षक–अभिभावक र विद्यार्थीको सम्बन्ध मात्रै नभएर आफ्नो र्निविवाद, निर्भिर र स्पष्ट वत्ताको छविका कारणले पनि आफुमाथि स्थानीयको विश्वास रहेको उनको भनाई छ ।
२०६५ सालमा राष्ट्रिय शिक्षा सेवा पदकबाट सम्मानीत भएका पुर्व प्रअ चन्दले शान्ती निकेतनलाई जिल्लाकै पहिलो रोजाईको विद्यालय बनाएका थिए । उनले विद्यालयको शैक्षिक मात्रै नभएर खेलकुदको विकासमा पनि निकै जोड दिए । चन्दकै कार्यकालमा तत्कालिन महाकाली अञ्चलको सिङ्गो कबड्डी टीममा शान्ती निकेतनका विद्यार्थीहरु मात्रै सहभागी थिए । रनिङ सिल्डमा कहिले पदक बिहिन नहुने शान्ती निकेतनले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादनमा पनि महत्वपुर्ण योगदान पु¥याएको चन्दले स्मरण गरे । चन्द कबड्डी र हेण्डबलका राष्ट्रिय खेलाडीसँगै राष्ट्रिय भलिबलका सुदूरपश्चिमकै पहिलो रेफ्री समेत हुन । र्
स्थानीय सरकारको आफैमा स्वयत्वता छ, नीति निर्माण र उपयुक्त योजनासहित बजेट विनियोजन गरेर विद्यालयको शैक्षिकसँगै खेलकुदको पनि विकास गर्न सकिन्छ ।’ उनले भने ‘त्यसका लागि पनि मेरा योजनाहरु छन्, समग्र विकासका लागि स्पष्ट भिजनसहित योजना कार्यान्वयनमा मेरो जोड रहन्छ ।’
नियमित जनता भेटघाट र घरदैलोमा व्यस्त रहेका चन्दले मतदाताबाट साकारात्मक सुझाव र सहयोगको प्रतिवद्धता पाईरहेको बताए । शिक्षणसँगै पुर्व प्रअ चन्द नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध रहे । संगठनको जिल्ला उपाध्यक्ष हुदैँ केन्द्रीय प्रतिनिधि र राष्ट्रिय परिषद् सदस्यको जिम्मेवारीमा रहेका काम गरेको उनको अनुभव छ । नेकपा एमालेले चुनावी अभियानका लागि जिम्मेवारी बाँडफाट सहित केन्द्रदेखि जिल्ला तहका नेताहरुलाई परिचालन गरेको छ ।