महेन्द्रनगर । उप–निर्वाचनको मिति नजिकिदैँ गर्दा चुनावी सरगर्मी बढेको छ । उम्मेदवारबिच सम्भावित चुनावी रुझान आँकलन हुन थालेको छ । झन्डै एक दर्जन उम्मेदवार रहेको भीमदत्त नगरपालिका वडा नम्बर ६ को उप–निर्वाचनमा मुख्य प्रतिस्पर्धा नेकपा एमाले र नेपाली काग्रेसका उम्मेदवारबिच हुने देखिएको छ ।
नेकपा एमालेले ४० वर्ष शिक्षण सेवा बितएका अनुभवी व्यक्ति बहादुर चन्दलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले युवा उम्मेदवार प्रकाश चन्दलाई अगाडी बढाएको छ । शान्ती निकेतनका पुर्व प्रधानाध्यापक समेत रहेका चन्दलाई पार्टीगत मतसँगै पुर्व विद्यार्थी र अभिभावकको साथ छ । भने कांग्रेसका उम्मेदवार चन्दले अघिल्लो निर्वाचनको मत जोगाउने कसरतमा छन् ।
चुनाव नजिकिदैँ जाँदा एमालेका उम्मेदवार चन्दको सम्भावना बलियो रहेको आँकलन हुन थालेको छ । एमाले कञ्चनपुरका उपाध्यक्ष जनकराज अवस्थीले निर्वाचनको परिणाम एमालेको पक्षमा आउने आफुहरु दृढ रहेको बताए । उनका अनुसार चुनावी अभियानमा एमालेका केन्द्र, प्रदेशसँग जिल्ला तहका नेताहरु परिचालन भएका छन् । एमालेले जिल्ला कमिटिले निर्वाचन परिचालन कमिटि गठन गरि चुनावी अभियानमा परिचालित भएको छ ।
एमालेले वडाको विकासका लागि पुर्वाधार निर्माणसँगै ढल निकास, सामाजिक सुरक्षा, शिक्षा, स्वस्थ्य क्षेत्रको सुधारका योजना अघि सारेको छ ।
यस्ता छन् एमालेका चुनावी प्रतिवद्धता
-आवश्यक स्थानमा नयाँ सडक खोल्ने, ग्राभेलिंग गर्ने, सडक चौडा गरि कालोपत्रे गरिनेछ ।
-वडाका बस्तीहरुमा वर्षायामको समयमा पानी जम्ने समस्या सामाधानका लागि श्रोतको व्यवस्थापन गरि ढल निकास तथा नाली निर्माण गरिनेछ ।
-वडा भित्र रहेका ज्येष्ठ नागरिक तथा बढाबासीहरुको स्वास्थ्य परिक्षण लागि स्वास्थ्य शिविरहरु सञ्चासन गरिनेछ ।
– वडा भित्र रहेका ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका नागरिकहरुलाई धार्मिक तिर्थस्थल भ्रमण गराईनेछ ।
-वडा मित्र रहेका एकल महिलाहरुको जीविकोपार्जनका लागि विभिन्न सीपमुलक तथा व्यवसायिक तालिम सञ्चालन गरिनेछ ।
-स्वंयसेवीकाहरुको सेबालाई प्रभावकारी बनाउन विभिन्न तालिम, प्रशिक्षण प्रदान गरिनुका साथै सयमसापेक्ष सेवा सुविधाहरुमा वृद्धि गरिनेछ ।
-समाजिक सुरक्षा भत्ता वितरण प्रकृया सहज बनाईने छ ।
-व्यवसायिक तथा आधुनिक कृषि उत्पादन वृद्धिका लागि अगुवा कृषक छनौट गरि तालिम सञ्चालन गरिनेछ ।
-वडा भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गरि भौतिक पूवार्धार विकासमा जोड दिईने छ ।
-महिलाहरुको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सेवालाई सहज बनाई -अति विपन्न गरीब गर्भवती सुत्केरी महिलालाई पोषण सामाग्री उपलव्ध गराइनेछ ।
-बढ्दो लागुपदार्थको दुव्र्यसन न्यूनीकरणका लागि सचेतनामुलक कार्यक्रम संचालन गरिने छन ।
-वडामा रहेका मठमन्दिर तथा धार्मिक अनुष्ठानहरुको मर्मत सम्भार गरिने छ ।
-वडा भित्र रहेका अव्यवस्थित विद्युत पोल तथा माईनहरुको व्यवस्थापन गरिनेछ ।
-वडा भित्र शुद्ध पिउने पानीको वितरण गरिनेछ ।
युवाहरुको चौतर्फी विकासका लागि खेलकुदका कार्यक्रमहरु सञ्चालन गरिने छ ।
-स्थानीय तथा बडाबाट प्रदान गरिने सेवा सुविधा छिटो छरितो तथा पारदर्शि बनाईनेछ । विकास निर्माणका कार्यक्रमहरु छनौट गर्दा टोस टोलबाट योजना छनौट गरिने छ ।