महेन्द्रनगर । निजामती कर्मचारी संगठन कञ्चनपुरकाद्वारा विभिन्न कार्यालयबाट जिल्ला सरुवा भई आएका कर्मचारीलाई स्वागत गरिएको छ। शनिबारका एक कार्यक्रमकाबिच नेपाल निजामती कर्मचारी संगठनले कञ्चनपुरका विभिन्न संघिय कार्यालयमा सरुवा भई आएका पाँच कर्मचारीलाई स्वागत गरेकाे हाे ।
संगठनका कञ्चनपुर अध्यक्ष मान बहादुर चन्दको अध्यक्षतामा बसेकाे बैंठकमा प्रमुख अतिथि केन्द्रीय सदस्य प्रताप चन्द , विशिस्ट अतिथि प्रदेश महासचिव महादेब जोशीको उपस्थितिमा कार्य समितिकाे बैठक सम्पन्न भएकाे हाे ।
साथै बैंककले राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लिमिटेड कचनपुरको साधारण सभा २०८१ पौष १३ गते महेनगरमा गर्ने सबै शेयर सदस्यलाई अनिवार्य उपस्थित गराउने निर्णय गरेकाे छ ।
त्यस्तै रा.प.तृतीय श्रेणी अप्राविधीक शाखा अधिकृत वा सो सरहको प्रथम चरणको परिक्षा महेन्द्रनगर कचनपुरमा भई दितिय चरणको परिक्षा परिक्षार्थीकाे सहजताका लागि महेन्द्रनगरमै गर्न लोक सेवा आयोग महेन्द्रनगर कञ्चनपुर मार्फत केन्द्रीय कार्यालयलाई ज्ञापनपत्र दिने निर्णय समेत संगठनले गरेकाे छ ।