राष्ट्रिय हस्तलेखन प्रतियोगितामा सुदूरकी आयुषा खडायत प्रथम

महेन्द्रनगर । राष्ट्रिय हस्तलेखन प्रतियोगितामा सुदूरपश्चिम प्रदेशकी एक छात्रा प्रथम भएकी छिन । ६ पुष काठमाण्डौँमा सम्पन्न भएको राष्ट्रिय हस्तलेखन प्रतियोगितामा सुप दार्चुलाकी छात्रा आयुषा खडायत प्रथम भएकी हुन ।
बाल विकास एनसिएमएएस प्रांईभेट लिमिटेडले आयोजना गरेको उक्त हस्तलेखन प्रतियोगितामा शैल्यशिखर नगरपालिका १ दार्चुलाकी खडायत प्रथम भएको आयोजकले जनाएको छ । देशभरबाट ५ हजार भन्दा बढि प्रतिस्पर्धी उछिन्दै खडायत प्रथम भएको आयोजकले घोषणा गर्दै बिहीबार काठमाण्डौमै पुरस्कार वितरण गरेको छ । आयुषालाई नगदका साथै प्रमाण पत्र पुरस्कार वितरण गरिएको हो ।
व्यवसायका सिलसिलामा दार्चुलादेखि कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगर क्याम्पस रोडमा आयुषाका बाबु दिनेश खडायत, आमा शुशिला धामी(खडायत)ले न्यू चौलानी बुक्स एण्ड स्पोर्ट सेन्टर संचालन गर्दै आएका छन ।
महेन्द्रनगर स्थित सार्क एजुगेशन कक्षा ९ मा अध्ययनरथ छात्रा आयुषाले विगतदेखि हस्तलेखनमा रुची राख्दै आएकी छिन । स्थानीय स्तरमा हुने प्रतियोगितमा समेत सहभागि हुने आयुषा यस पटक राष्ट्रिय स्तरकै प्रतियोगितामा सहभागि भएकी थिईन । उनले आफ्नो सानैदेखिको रुची हस्तलेखन भएको बताउँदै आजको सफलताको पछाडी आफु, अभिभावक, घर परिवार, विद्यालय समाज भएको बताएकी छिन ।
नेपालमा बिरलै हुने हस्तलेखन प्रतियोगितामा सुदूर दार्चुलाकी चेली आयुषा राष्ट्रिय स्तरको हस्तलेखन प्रतियोगिताको च्यापियन बनेपछि यहाँका जनता समेत हर्षित भएका छन । कम्प्युटरले लेखेजस्तै आयुषाका हस्ता भएपछि उनको लटिनाथ माध्यामिक विद्यालय दार्चुलाका हेडसर केशव विष्ट सहितका शिक्षा क्षेत्रका व्यक्तित्वहरुले समाजिक सञ्जाल फेसबुकदेखि प्रसंसा गर्दै आएका छन ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्