पुर्वमन्त्री नरेश शाहीद्धारा ‘स्वाभिमान सुदूरपश्चिम अभियान’ घोषणा

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका पुर्व आर्थिक मामिलामन्त्री तथा प्रदेश सभा सदस्य नरेश शाहीले स्वाभिमान सुदूरपश्चिम अभियानको घोषणा गरेका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुक लाईभ मार्फत अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन् । उनले सुदूरपश्चिमको विकासमा अग्राधिकारको मागसहित अभियान सञ्चालन गरिने बताएका छन् । सुदूरपश्चिमको विकासका लागि सरोकारवाला निकायलाई दवाव दिने र राज्य श्रोतको पहुँच तथा वितरणमा सूदूरपश्चिमको अग्राधिकार सुनिश्चित गराउने अभियानको उद्देश्य उनले बताए ।
‘अहिले संविधान संशोधनको चर्चा भईरहेको छ, संवैधानिक रुपमै सुदूरपश्चिमको विकासका लागि अग्राधिकारसहितको विशेष प्रदेश बनाउन हाम्रो माग छ,’ उनले भने ‘यो सुदूरपश्चिमकाको विकासका लागि विशुद्ध गैर राजनीतिक अभियानको हो, यसमा सबैलाई जोडिन आग्रश गर्दछौँ ।’
अभियानले सुदूरपश्चिमका विकास र समृद्धिका लागि महत्वपुर्ण भुमिका खेल्ने उनको भनाई छ । सूदूरपश्चिमका ठुला आयोजनाको शिघ्र कार्यान्वन र औद्योगिक क्षेत्रको विकासका लागि लगानीमैत्री वातावरण निर्माणका लागि अभियान पहल गर्नेछ ।
साथै उनले आफु मन्त्री हुदाँ अनुउत्पादक क्षेत्रमा हुने गरेको राज्यको लगानीलाई उत्पादनमुलक क्षेत्रलाई विनियोजन गरेको बताए । त्यस्तै भ्रष्टाचार नियन्त्रणको प्रयास, उद्यमीलाई शुन्य ब्याजदरमा ऋण, कृषी उत्पादनमुखी कार्यक्रममा आफुले जोड दिएको समेत उनले बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्