महेन्द्रनगर । नारायण गोपालको सुप्रसिद्ध गीत छ एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा । एउटा इमान्दार र उर्जाशील युवा कर्मचारीको नेतृत्वले कति फरक पर्दछ एउटा संस्थामा भन्ने एक ज्वलन्त उदाहरण नेपाल बैंक लिमिटड महेन्द्रनगर शाखाका निवर्तमान शाखा प्रबन्धक महेश राज जोशी पनि हुन्,। उनी पुर्वाधार सुधारसँगै उत्कृष्ट बैंकिङ सेवामार्फत महेन्द्रनगर शाखाको मुहार फेर्न सफल रहे । कयौ बैंकरहरुको सपना र प्रेरणा अनि आम ग्राहकहरुको लागि बैंकिङ सेवा यस्तो हुनुपर्छ भन्ने मानक निर्माण गरी महेन्द्रनगर बाट सरुवा हुँदै गर्दा उहाँको अनुभव अरूका लागि प्रेरणाको स्रोत बन्न सक्दछ । प्रस्तुत छ शाखा प्रबन्धक जोशीसँगको अन्तरर्वाताको संम्पादित अंशः
नेपाल बैंक महेन्द्रनगर शाखाको कुशल नेतृत्व निर्वाह गदैँ सरुवा हुदैँ गर्दा यहाँको अनुभव कस्तो रह्यो ?
–सरुवा हुनु संस्थाको एक नियमित प्रकिया हो। यो भन्दा अगाडि रोल्पा जिल्लाको घर्तीगाउँ शाखा पुनस्र्थापना गर्ने मौका मिल्यो । उक्त शाखामा गरिएको मेहनत नै अहिले पनि मेरो लागि ऊर्जा र मीठो अनुभव भएको छ । जहाँसम्म यस महेन्द्रनगर शाखाको बैंकिङ सेवा प्रवाहमा आएको परिवर्तनको कुरा छ । यो सबै ग्राहकहरुको बिश्वास र मायाले नै हो । हरेक ग्राहक संग विकल्पहरू छन ।

बैंकहरुसँग ग्राहकहरुको विकल्प हुँदैन त्यसैले पनि ग्राहकहरुको सम्मान र बैंकिङ समाधान नै हाम्रो प्रमुख ध्येय हुन्छ । म हरेक कुरा गर्न सक्छु वा जान्दछु भन्ने हुँदैन तर हरेक ग्राहक बैंक भित्र केही न केही समस्या वा काम लिएर नै आएको हुन्छ उक्त ग्राहकहरुको समस्याको समाधानको लागि नै हामी बसेका हुन्छौ । त्यही भएर पनि नीति नियम भित्र रहेर गर्न सकिने सहज बैंकिङ सेवा प्रवाहको लागि सत प्रतिशत प्रयत्न गर्छौ । परिवर्तन एक जना बाट सम्भव हुँदैन मेरो टीम नै मेरो लागि सबै थोक भइदिन्छ सबै सहकर्मी साथी हरुले गर्नु भएको र गरिरहनु भएको मेहनत नै यस शाखाको सफलताको कडी हो ।
सरकारी बैंक भन्ने बित्तिकै ढिला सुस्ती हुने चिना परिचयको आधारमा मात्र काम हुने भन्ने भास्य थियो झन्, महेन्द्रनगरमा त निजी बैंकहरुको बाहुल्यता पनि छ । नेपाल बैंकलाई उत्कृष्ट बैंकिङ सेवा प्रदायक बैंक बनाउन सेवाग्राहीको विश्वास जित्न कसरी सफल हुनुभयो ?
– सेवाग्राहीको विश्वास जित्ने कुरा मेरो लागि खुसीको कुरा त हो नै यो भन्दा बढी जिम्मेवारी को दायित्वबोध हुन्छ । हरेक दिन केही न केही नयाँ कार्य को सुरुवात गरौ जसले बैंकिङ क्षेत्रमा सकारात्मक प्रभाव होस्, सरकारी बैंक आजको समयमा सबै भन्दा बढी भरपर्दो सस्तो र सुलभ बैंकिङ संस्था हो त्यसको लागि हामीले मेहनत गरी राख्नु पर्छ भन्ने नै हुन्छ ।
नेपाल बैंक लिमिटेडको मेरो पहिलो नियुक्ति पनि महेन्द्रनगर शाखा हो । यस शाखाका चुनौती र सम्भावनाहरु संग जानकार पनि थिए त्यही भएर पनि बढी सहज भयो ।

मैले शाखा प्रवन्धकको जिम्मेवारी बहन गरी सकेको केही समय पछिको कुरा हो।हामी भाडाको घरमा थियौ ग्राहकहरु ढोका बाहिर जुत्ता चप्पल खोल्ने गर्थे पौष महिनाको चिसो खुट्टा थर थरी कापी रहेका थिए किस्ता तिर्न आएको ग्राहक थियो एक दम नमज्जा लाग्यो जुत्ता लगाउन लगाए र अब देखि खाली खुट्टा भित्र नआउन भने।उहाको अनुहारको खुसी अहिले पनि झल्झली आउँछ। जाने बेला राजतन्त्र बाट प्रजातन्त्र आएको जस्तो भयो सर भनेर गए । नेपाल बैंक प्रति कति विश्वास छ भन्ने ज्वलन्त उदाहरण हो यो । हामीले सानो प्रयास बाट पनि ठूलो परिवर्तन ल्याउन सकिन्छ ।
बैंकको पुर्वाधार निर्माणसँगै एटीएम विस्तार देखि बैंकिङ बजारीकरण र बैंकिङ सेवामा निरन्तर खटिरहनु भएको छ । यो कार्यकालमा के कस्ता चुनौतीहरू सामना गर्नु प¥यो ?
– पक्कै पनि चुनौती र अवसर संग सँगै हुन्छन्, चार बर्षको मेरो महेन्द्रनगर शाखाको कार्यकाल पनि सोही अनुसार नै बित्यो । २०७७ साल मंसिर १० गते कोभिडको महामारी त्रासका बीच पाएको महेन्द्रनगर शाखाको जिम्मेवारी अद्भुत सन्तुष्टी, कयौं नयाँ सिकाईहरु र गहिरो सम्झनाहरुको साझा कोशेली बन्न पुगेको छ । समय चार वर्ष भएछ यसो हेर्दा हिजो जस्तो लाग्छ। तर दुई दुई चोटि कोभीड को त्रास, तरलता अभावका बीच करिब एक वर्ष कर्जा बन्द देखि बैंकिङ क्षेत्रमा कर्जा विस्तार हुन नसकिरहेको अवस्थामा गुणस्तरिय कर्जा विस्तार हाम्रो लागि चुनौती र अवसर दुवै थियो।

सुरुदेखि अन्तसम्म बैंकले प्रदान गर्ने लक्ष्य सँगै मेरो ज्ञान र क्षमताले भ्याए सम्मको शाखाको भौतिक सुधार,वित्तीय परिसूचक सुधार, ग्राहकमैत्री सहज बैंकिङ सेवा र कर्मचारीमा उत्प्रेरणा जागिर्ती नै मेरो लागि प्रमुख उदेश्य हरु रहे। हरेक चुनौतीमा अवसरहरु पनि हुने भएकोले मेरो खोजी हरेक चुनौती भित्रका सकारात्मक पटाहरुमा बढी रह्यो। काम गर्दै जाँदा हरेक प्रवृतिका मानिसहरुसंग भेट भइन्छ नै । मेरो लागि खुसीको कुरा के थियो भने खुट्टा तान्ने मानिसहरु भन्दा मलाई हसौला प्रेरणा दिने ब्यक्तिहरुको संख्या धेरै थियो जसको जगमा काम गर्न सहज महुसुस पनि भएको हुनुपर्छ ।
तपाईंसँग कुरा गर्दा सधै एक छुट्टै आनंद महसुस हुन्छ । तपाईंको कार्यकालमा तपाईंलाई सधै याद हुने गरी स्मृतिमा रहेका केही महत्वूर्ण कार्यहरुको चर्चा गरिदिनुहोस् न ?
– अहिले त धेरै नै कुरा मानसपटलमा आउँछन्,। मैले भन्दा पनि मेरो टीमले गरेका कार्यहरू भन्न धेरै रुचाउँछु म ।अहिले मेरो स्मृतिमा रहेका केही टिपोट गर्न लायक सुधारहरुमा ।
पहिलो, भौतिक पुर्वाधार सुधार अन्तर्गत, आफ्नै स्वामित्वको नयाँ भवन को सिलान्यास देखि विधिवतरुपमा कार्यसञ्चालन गर्ने काम भयो ।
– सु.प विश्वविद्यालयमा बैंकको आफ्नै लगानीमा कर्पोरेट एक्सटेन्सन काउण्टर निर्माण सहित मिति मिति २०७८ साल पौष १५ मा स्थानान्तरण।
– सु.प विश्वविद्यालयमा एटीएम घर निर्माण गरी मिति मिति २०७८ साल वैशाख देखि एटीएम सञ्चालन ।
– महाकाली प्रादेशिक अस्पताल परिसरमा २०७९ साल चैत्रमा एटीएम घर निर्माण सम्पन्न गरीएकोमा एटीएम राख्ने कार्य अन्तिम चरणमा त्यस्तै,
२.बजारीकरण अभियान अन्तर्गत
वित्तीय साक्षरता कार्यक्रमहरु,
सेवाग्राही सम्झौताहरु,
ग्राहक छूट सम्झौताहरु,
संस्थागत वित्तिय कारोबार सम्झौताहरु,
दैलो दैलोमा नेपालको पहिलो बैंक– अभियानहरू,
सामाजिक उत्तरदायीत्व अन्तर्गत सहयोग कार्यक्रमहरु छन ।
३.ग्राहक सेवामा सुधार तथा कर्मचारी दक्षताका लागि गरिएका पहलहरु अन्तर्गत
– ग्राहक संतष्टिमा आधारित तयार गरिएका रिसर्चबेस्ड सर्भेहरु।
– सु.प विश्वविद्यालय पेन्सन प्रणाली सफ्टवेयर मार्फत मिति २०७८ चैत्र १२ बाट सुरुवात।
– शाखागत रूपमा ग्राहकहरु समेत जोडिने गरी डिजिटल तालिमहरु।
– सु.प विश्वविद्यालय उपकुलपति तत्कालीन प्रा. डा. अम्मराज जोशी ज्यू संग खुसी देखि खुसी सम्म उत्प्रेरणात्मक कार्यक्रम र हाल का उपकुलपति प्रा. डा हेमराज पन्त ज्यू संग “सकारात्मक इच्छा शक्ति र नतिजा मुखी कार्य सम्पादन“ विषयक अन्तरक्रिया कार्यक्रमहरु शाखागत रूप मा सम्पन्न भएका थिए। जुन मेरो स्मृतिमा सधै ताजा रहने छन्,।

– समय र संवादको लागि यहाँलाई धेरै धेरै धन्यवाद, अन्तमा तपाईंलाई भन्न मन लागेका र हामीले सोध्न छुटाए केही केही कुराहरु छन कि?
– यस अन्तरंग कुराकानीको लागि तपाईंलाई धेरै धेरै धन्यवाद । महेन्द्रनगर शाखाको शाखा प्रबन्धकको भूमिका निभाउदै गर्दा मलाई सधै सहयोग हौशला उत्प्रेरणा प्रदान गरिराख्ने प्रधान कार्यालयमा कार्यरत सर÷मेडम हरु,स्थापना काल देखिका सुदुर पश्चिम प्रदेश प्रमुखहरू,विभिन्न शाखामा कार्यरत शाखा प्रवन्धक साथीहरु तथा कर्मचारी साथीहरु, विभिन्न समय यस शाखामा रही हरपल बैंकको साझा उद्देश्य प्राप्तिमा तल्लीन रहने मेरा सहकर्मी साथीहरु र विशेष गरी हाम्रो ऊर्जा हौसला र लक्ष प्राप्तिका प्रमुख श्रोत आम ग्राहकहरु प्रति आभार प्रकट गर्दछु । यस शाखा को उत्तरोत्तर प्रगति र प्रिय साथी झविन्द्र अधिकारीलाई यस शाखाको जिम्वेवारीको लागि शुभकामाना दिन चाहान्छु ।


