रनिङ शिल्डमा स्वर्ण पदक जित्ने खेलाडीलाई जे.बि.एकेडेमीले पाँच हजार पुरस्कार दिने

महेन्द्रनगर । कञ्चनपुरको जे.बि एकेडेमीले नगर स्तरिय राष्ट्रपती कप रनिङ शिल्ड छनौट प्रतियोगितामा स्वर्णपदक जित्ने खेलाडीहरूलार्ई पाँच हजार पुरस्कार दिने घोषणा गरेको छ । कृष्णपुर नगरपालिका–२ वाणिस्थित जे.बि.एकेडेमीले खेलाडी विद्यार्थीलाई प्रोत्साहन स्वरूप उक्त पुरस्कार घोषणा गरेको हो ।
आफ्नो स्कुलबाट कृष्णपुर नगरपालिका स्तरिय राष्ट्रपतिकप रनिङ शिल्ड छनौट प्रतियोगितामा स्वर्णपदक जित्ने खेलाडीहरूलाइ प्रति स्वर्ण पदकमा पाँच हजार नगद पुरस्कार दिने विद्यालयले जनाएको छ ।
राष्ट्रपती कपमा सहभागीता जनाउने खेलाडीलाई माघ २० र २१ गते हुने १५ औं बार्षिकोत्सव समारोहमा सम्मान समेत गरिने जे.बि.एकेडेमीका संस्थापक तथा प्रिन्सिपल जगदीश सेटीले बताए । नर्सरी देखि कक्षा १२ सम्म अध्यापन हुने जे.बि.एकेडेमीमा नौ सय बढी विद्यार्थी अध्ययनरत छन ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्