महेन्द्रनगर । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल कञ्चनपुरको अध्यक्षमा मनिराम उपाध्याय चयन भएका छन् । शनिवार महेन्द्रनगरमा सम्पन्न मानव अधिकार एलाइन्स कञ्चनपुरको जिल्ला अधिवेशनले ९ सदस्यीय समिती गठन गरेको हो ।

एलाइन्सको उपाध्यमा अम्बादत्त जोशी, सचिवमा नरेन्द्र देव जोशी, उपसचिव कल्पना बिक, कोषाध्यक्ष कविता रोकाया, सदस्यमा पार्वती भट्ट, चन्द्र कुवँर, सन्देश भट्ट, धर्मानन्द पन्त चयन भएका छन् ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपालका जिल्ला सचिव अमिर तिरुवाको अध्यक्षता रहेको थियो भने, नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य जयराम विश्वकर्माको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न गरिएको हो ।

कार्यक्रमका बोल्दै बिशिष्ठ अतिथी नेकपा एमाले जिल्ला अध्यक्ष लक्ष्मी बुढाले लोकतन्त्र र गणतन्त्रको हिस्सेदार एलाइन्स पनि भएको बताइन् । समाजको अधिकार सँग जोडीएका संघ संस्था सँग जोडिएर एलाइन्सले कामगर्दे आएको बताउँदै बिभिन्न तप्काका व्यक्तिहरुलाई एलाइन्समा सरिक गराउनुपर्नेमा जोड दिइन् ।
उनले सामाजिक संघ सस्थाहरुले समाजको हितमा सधैव कामगर्नुेपर्नेमा जोड दिइन् ।

गैर सरकारी संस्था महासंघका केन्द्रीय सचिव भवराज रेग्मीले जनआन्दोलनको समयमा मानव अधिकारको रक्षाका लागी एलाइन्सको महत्वपुर्ण भुमिका रहेको स्मरण गराए । उनले सामाजिक न्याय तथा विकास सँगै सबैलाई उद्यमसिलतामा जोडिन आग्रह गरे ।
मानव अधिकार अलाइन्स सुदूरपश्चिम प्रदेश अध्यक्ष कोमल निरञ्जन भाटले राष्ट्रिय महाधिवेशन नजिकिए सँगै सुदूरपश्चिमका अन्य जिल्लामा पनि महाधिवेशनको प्रक्रिया अगाडी बढेको बताए । उनले सबै जिल्ला र विभिन्न पालिकामा संगठन विस्तारको कार्य अगाडी बढाइने बताए ।