महेन्द्रनगर । लामो समय देखि स्वास्थ्य समस्याबाट पीडित पत्रकार सूजित सिनाललाई प्रेस सेन्टर कञ्चनपुरले आर्थिक सहयोग गरेको छ।
सक्रिय पत्रकारिता गरिरहेका पत्रकार सिनाल लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित छन् । मङ्गलबार महेन्द्रनगरमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कञ्चनपुरका अध्यक्ष अरुण भट्टले आर्थिक सहयोगका साथै स्वास्थ्य लाभको कामना गरिएको बताए ।
उनका अनुसार श्रमजीवी पत्रकारलाई गम्भीर खालको स्वास्थ्य समस्या परेकाे उपचारका लागि तीन हजार एक सय आर्थिक सहयोग गरिएको हो ।
केहि दिन अघि नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले पनि सिनाललाई आर्थिक सहयाेग उपलब्ध गराउने निर्णय गरेकाे थियाे। पत्रकार सुजित सिनाल शुक्लाफाँटा एफएममा कार्यरत पत्रकार हुन्।
