कञ्चनपुरमा पुष २६ गतेदेखि एनप्याब्सन खेलकुद महोत्वसः २० हजार बढी विद्यार्थी सहभागी हुँदै

महेन्द्रनगर । कञ्चनपुरमा यहि पुष २६ गतेदेखि १७ औँ नेशनल प्याब्सन कञ्चनपुर जिल्ला स्तरिय खेल महोत्सवहुने भएको छ । बुधबार महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजनागर्दे राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) जिल्ला कार्य समिती कञ्चनपुरले खेलबारे जानकारी गराएको हो ।
नेशनल प्याब्सन कञ्चनपुरका अध्यक्ष सत्येश बहादुर चन्दले ‘राष्ट्रका लागी खेलकुद, स्वास्थ्यका लागी खेलकुद’ भन्ने नाराका साथ महेन्द्रनगर स्थित खुला मञ्चमा पुष २६ गतेदेखि २९ गते सम्म विभिन्न विद्याका प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।


२०६४ सालमा स्थापनाभएको संस्थागत विद्यालयहरुको छाता सँगठन नेशनल प्याब्सनले यस वर्ष पनि विभिन्न चार विद्यामा खेलहरु आयोजना गरिएको जनाएको छ । खेल संयोजक बलदेव भट्टका अनुसार, लमजम, हाइजम्प, सटफुट यसैगरी सय, दुई सय मिटरका दौड प्रतियोगिता, म्याराथन पाँच हजार मिटर दौड, छात्र, छात्रा भलिबल लगायतका खेलहरु खेलाईने छन् । विभिन्न खेलकुदमा छ सय बढी खेलाडीको सहभागीता रहनेछ ।
प्रतियोगितामाप्रतियोगितामाप्रथमहुने विद्यालयलाई ट्रफि हस्तान्त्रण गरिने आयोजकले जनाएको छ । यसैगरि द्धितिय, तृतीयहुने विद्यालयलाई सान्तोना पुरुष्कार र ट्रफिबाट पुरुष्कृत गरिने छ । यस्तै, एथ्लेष्टिक्स, भलिबलमा प्रथम, द्धितिय र तृतीय हुने छात्र–छात्रलाई सिल्ड प्रदान गरिने छ । यस्तै, उत्कृष्ट खेलाडीमा एथलेटिक्समा दुई जना, भलिबलमा कक्षा ९ र दशका छात्र छात्रा, गरि प्रत्येक तहमा आठ जना उत्कृष्ठ खेलाडीलाई ट«िफबाट सम्मानित गरिने खेल संयोजक बलदेव भट्टले जानकारी दिए ।


यस खेलकुद बाट उत्कृष्ट विद्यार्थीहरुले राष्ट्रपति रनिङसिल्डका साथै राष्ट्रिय स्तरमा नै आफुलाई उभ्याउन सफल हुने छन ्भन्ने उदेश्यले खेल आयोजना गरिने उनले बताए । खेलमा झण्डै दस लाख बराबरको खर्च हुने नेसनल प्याब्सन जिल्ला कार्यसमितिका कोषाध्यक्ष सुर्य बहादुर चन्दले जानकारी दिए । उनका अनुसार खेलमा सहभागी हुने खेलाडीहरुको विभिन्न तह अनुसार शुल्क निर्धारण गरिएको छ ।
आधारभुत तहको विद्यालयको दर्ता शुल्क ५ हजार , आधारभूततह (ख)कालागि ८ हजार , माध्यमिकतहकालागि १० हजार र कक्षा ११–१२कालागि १२ हजार दर्ता शुल्कतोकिएको छ ।
जिल्लामा ऐनप्याबसनमा आवद्ध १३२ विद्यालय रहेका छन् । बुधबार सम्म ५० विद्यालयले खेलमा सहभागिताकालागीनामदर्ता गराएको खेल संयोजक भट्टले जानकारी दिए । उनका अनुसार अझै थुप्रै विद्यालयहरु सहभागि हुनेछन् ।
पुष २६ गते विहान महेन्द्रनगर स्थित गल्लिनम्बर एकबाट प्रभात फेरी निकाल्दै खुल्लामञ्चमा ११ बजे उद्धघाटन कार्यक्रमको आयोजना गरिएको छ । उद्धघाटनमा २० हजार बढी विद्यार्थीको सहभागीता रहने आयोजकले जनाएको छ । महोत्सवको उद्धघाटन गृहमन्त्री रमेश लेखकले गर्ने कार्यक्रम रहेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्