माघी संक्रान्तीमा रामानुज घाटमा स्नान मेला लाग्ने

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १३ स्थित श्री निवास रामानुज तिर्थस्थल (घाट) मा स्नान मेला लाग्ने भएको छ ।

श्री निवास रामानुज तिर्थस्थलको प्रचारप्रसार तथा प्रवद्र्धनको उद्देश्यले माघ १ गते माघी संक्रान्तीका अवसरमा श्री निवास रामानुज तिर्थस्थल विकास समितिको आयोजना तथा वडा कार्यालय, स्थानिय सम्पूर्णको सहयोगमा स्नान मेलाको आयोजना गरिन लागिएको वडाधयक्ष राम बहादुर बोहोराले बताए ।

उनकाअनुसार १ हजार ८ लिटर दुधले गंगा माताको अभिषेक, विराट भक्ति यात्रा लगाएतका धार्मीक कार्यक्रमहरु समेत गरिने छ ।

उक्त धार्मीक कार्यक्रममा स्वामी गोविन्द आचार्य जी महाराज लगाएतको उपस्थिति रहने जनाइएको छ । सो धार्मीक कार्यक्रमको तयारी तिव्र रुपमा भइरहेको छ ।

वडाध्यक्ष बोहोराले उक्त धार्मीक स्थलमा स्नान तथा दर्शनका लागि श्रञ्द्धालु भक्तजन, समाजसेवी, बुद्धिजिवि सम्पूर्णलाई उपस्थित भइदिन आग्रह गरेका छन् । उक्त तिर्थस्थलमा निरन्तर यस्ता धार्मीक कार्यक्रम हुदैँ आएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्