हमास र इजरायलको युद्धबिराम: विपिन जोशीसहितका बन्धकहरू छुट्दै

काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायलले युद्धबिराम गरेका छन् । सन २०२३ अक्टोबर ७ को हमास हमला र इजरायलको प्रतिहमलापछि पहिलो पटक युद्धबिराम भएको हो ।

कतार, इजिप्ट, टर्की र अमेरिकी राष्ट्रपतिमा चुनिएका डोनाल्ड ट्रम्पका प्रतिनिधि बसेर युद्धबिरामलाई अन्तिम रूप दिएका हुन । इजरायल र हमास भन्दा अगाडि ट्रम्पले युद्ध बिरामको सूचना सार्वजनिक गरेका थिए । हमासले पनि अलजजिरा अरबिकसँग बोल्दै युद्धबिराम भएको र बन्धक छोडिने बताएको छ ।

इजरायललाई ट्रम्प दूतले र हमासलाई कतार, टर्की र इजिप्टले दबाब दिएर युद्धबिराम र बन्धक छुटाउने सहमति भएको बताइएको छ । यो सँगै हमासले बन्धक बनाएका विपिन जोशी छुट्ने बाटो खुलेको छ । केहि दिन अगाडि परराष्ट्रमन्त्री डाक्टर आरजु देउवा राणाले जोशी जीवित भएको बताएकी थिइन्।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्