नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरको अधिवेशन सम्पन, अध्यक्षमा पुनः चन्द

महेन्द्रनगर । नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुर १२ औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । लालझाडी गाउँपालिकास्थित शंकरपुर स्वास्थ्य चौकीमा शनिनबार सम्पन्न जिल्ला अधिवेशनबाट अध्यक्षमा मान बहादुर चन्द पुनः चयन भएका छन् । अध्यक्ष चन्द दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् ।

त्यस्तै जिल्ला कार्य समितिको उपाध्यक्षमा दिनेश राज भट्ट र कमला जोशी निर्वाचित भएका छन् । समितिको सचिवमा लाल बहादुर बिष्ट र सह सचिव लोकराज पन्त चयन भएका छन् । उपाध्यक्ष भट्ट र सचिव विष्ट पनि दोस्रो कार्यकालको लागि समितिमा दोहोरिएका हुन् ।

समितिमा पुनम कुमारी राना,राजु दाहाल,नरेन्द्र चन्द ,दिपेन्द्र कुमार वड,महेश खत्री,सुरेश पन्त ,जय बहादुर कुवर,गोपाल भट्ट,राजेन्द्र खडायत, तुलसी बोगटी, झुस राम सार्की, खगेन्द्र भण्डारी सदस्य चयन भएका छन् ।
अधिवेशनमा लामो समय संगठनमा काम गरेका पुर्व कर्मचारीलाई सम्मान समेत गरिएको थियो । त्यस्तै बेलौरी र दोधरा चाँदनी नगर कमिटि उत्कृष्ट हुदैँ सम्मानित भएका छन् ।

एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले अधिवेशन उद्घाटन गरेका थिए । कार्यक्रममा एमाले केन्द्रीय सदस्य कमला बोहरा, कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ का साँसद तारालामा तामाङ्ग, एमाले जिल्ला लक्ष्मी बुढा, सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री बीर बहादुर थापा, कर्मचारी संगठनका केन्द्रीय सदस्य प्रताप चन्द, माला गौतम, संगठनका सुदूरपश्चिम प्रदेश महासचिव महादेब जोशी लगायतको सहभागीता रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्