भूमि अधिकार तथा श्रमिक संगठनद्धारा भूमि आयोग कञ्चनपुरका अध्यक्ष पन्तलाई स्वागत

महेन्द्रनगर–भूमि समस्या समाधान आयोग कञ्चनपुरका नवनियुक्त अध्यक्ष नेत्रप्रकाश पन्तलाई भूमि अधिकार तथा श्रमिक संगठन नेपालले बधाई स्वागत गरेको छ । शुक्रबार महेन्द्रनगरमा भूमि अधिकार तथा श्रमिक संगठन कञ्चनपुरका अध्यक्ष सुरेश विकको अध्यक्षतामा गरीएको कार्यक्रममा प्रमुख अतिथि रहेका भूमि समस्या समाधान आयोग कञ्चनपुरका अध्यक्ष पन्तलाई बधाई तथा सम्मान गरिएको हो ।

भूमि समस्या समाधान आयोग कञ्चपुरका अध्यक्ष पन्तलाई कार्यक्रममा फुल माला र खादा लगाएर सम्मान गरिएको भूमि अधिकार तथा श्रमिक संगठनका उपाध्यक्ष खिमा कार्कीले जानकारी दिनुभयो । कार्यक्रममा संगठनका अध्यक्ष विकले जिल्लाको भूमिसम्बन्धी समसामयिक समस्याको बारेमा जानकारी गराउनुभएको उपाध्यक्ष कार्कीले बताउनुभयो । उनका अनुसार कार्यक्रममा स्वागत मन्तव्य श्रमिक संगठनका उपाध्यक्ष पार्वती भाटले राखेका थिए ।

जिल्लाको भूमिसम्बन्धी समसामयिक समस्याको बारेमा जानकारी लिएका भूमि समस्या समाधान आयोग अध्यक्ष पन्तले भूमिसम्बन्धी सम्पूर्ण कार्य जतिसक्दो चाडोसक्ने ढंगले तिव्ररुपमा कार्य अघि बढाउने बताउनुभयो । उहाँले आफुलाई दिएको बधाई तथा सम्मानप्रति कृतज्ञता ज्ञापन गर्नुभयो । कार्यक्रममा नेकपा एमाले भीमदत्त नगर अध्यक्ष हिमाल चन्द, भूमि अधिकार श्रमिक संगठनका इृन्चार्ज लक्ष्मी भट्ट विशिष्ठ अतिथि रहेका थिए । भूमि अधिकार तथा श्रमिक संगठनका सचिव भुवन विहारी पन्त, सहसचिव सिता डगौरालगायतका नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्