दोधराचाँदनी-६ मा तीन महिने ब्यूटीसियन तालिम सुरु

महेन्द्रनगर । कञ्चनपुरकाे दोधराचाँदनी-६ मा ब्यूटीसियन तालिम सुरु भएको छ । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र कञ्चनपुरको आयोजना तथा दोधराचाँदनी नगरपालिका वडा नंम्बर ६ को सहकार्यमा तीन महिने तालिम सञ्चालन भएको हो ।

वडाध्यक्ष ओम बस्नेतका अनुसार महिलालाई तालिम दिएर आत्म निर्भर बनाउन तालिम दिईएको हो । वडा कार्यालयले युवाहरुलाई स्वरोजगार बनाउन विभिन्न तालिमहरु आयोजना गर्दै आएको वडाध्यक्ष बस्नेतको भनाई छ । वडाले विभिन्न निकायसँगको सहकार्यमा वडामा विकास निर्माण कार्यमा जोड दिएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्